Logo

२०८३, आश्विन ११गते


images
images

पश्चिम नवलपरासी क्षेत्र नं. २ मा एमाले, कांग्रेस र राप्रपाबाट को-को भए उम्मेदवार सिफारिस

पश्चिम नवलपरासी क्षेत्र नं. २ मा एमाले, कांग्रेस र राप्रपाबाट को-को भए उम्मेदवार सिफारिस

images
  • पश्चिम नवलपरासी क्षेत्र नं. २ मा एमाले, कांग्रेस र राप्रपाबाट को-को भए उम्मेदवार सिफारिस
    images
    images

    पश्चिम नवलपरासी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागी पश्चिम नवलपरासीका राजनैतिक दलहरु उम्मेदवार सिफारिसमा व्यस्त छन् । सोही क्रममा पश्चिम नवलपरासी क्षेत्र नं. २ का मुख्य दलमध्यका एमाले, कांग्रेस र राप्रपाले उम्मेदवार सिफारिस सिफारिस गरेका छन् ।

    images
    images
    images

    नेपाली कांग्रेसले पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलको नाम सिफारिस गरेको छ। पश्चिम नवलपरासी काङ्ग्रेस क्षेत्रीय कार्यसमिती प्रतिनिधीसभा क्षेत्र नं २ ले केन्द्रीय सदस्य कण्डेलको नाम उम्मेदवारको रूपमा सिफारिस गरेको कांग्रेसले बताएको छ ।

    images
    images
    images

    त्यसैगरी नेकपा एमालेले पनि संघिय निर्वाचनका दुवै क्षेत्र र प्रदेशका चारै ओटा क्षेत्रका उम्मेद्धारको सिफारिस टुङ्गो लगाएको छ । एमाले नवलपरासी संघिय निर्बाचन क्षेत्र नम्बर २ को आईतबार परासीमा भएको बिस्तारित बैठकले संघ र प्रदेशका उमेदवारको नाम टुङ्गो लगाएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागी तिन जनाको उम्मेद्धारी परेको छ । बैठकले पार्टि जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी, प्रदेश सभा सदस्य भगवती देवि भण्डारी र श्याम कुमार बस्यालको उम्मेद्धारी सिफारिस गर्ने निर्णय भएको छ ।

    images
    images
    images

    यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २को प्रदेश सभा ( क) मा ५ जनाको नाम सिफारिस भएको छ । जसमा थान प्रसाद गैरे, देवराज चौधरी, बिमल बगाले, खडानन्द कोईराला र राजन कुमार आचार्य रहेका छन् । संघीय निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा –(ख) मा भने सुमन गोपाल गरुआर्चायको एकल नाम सिफारिस भएको छ । पार्टि क्षेत्र नम्बर २ का संयोजक दधिराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्यद्धय सरिता खनाल र विमला अर्याल, क्षेत्र नम्बर २ प्रदेश सभा क का अध्यक्ष रामचन्द्र भण्डारी लगायतले बोलेका थिए ।

    साथै, राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) ले पार्टीका उपाध्यक्ष धुव्र बहादुर प्रधानलाई पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लडाउने भएको छ । उनले राप्रपा प्रति जनताको विश्वास बढ्दै गएको बताउदै उनले  त्यस्को परिक्षणका लागी पनि आफुले चुनाव लड्न लागेको बताए । 

    आईतबार पार्टि कार्यालय परासीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रधानले एमाले संग गठबन्धनका लागी छलफल भईरहेको बताए  । पार्टि भित्र गठबन्धन गर्न नहुने मत पनि देखिएको बताउदै प्रधानले अहिलको परिस्थितीमा गठबन्धन गरेर जाने पक्षमा पार्टि पुगेको बताए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।