Logo

२०८३, आश्विन ११गते


images
images

प्रतापपुर गाउँपालिकाद्वारा १ सय दिनका उपलब्ध सार्वजनिक

प्रतापपुर गाउँपालिकाद्वारा १ सय दिनका उपलब्ध सार्वजनिक

images
  • प्रतापपुर गाउँपालिकाद्वारा १ सय दिनका उपलब्ध सार्वजनिक
    images
    images

    परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले एक सय दिनको गरेको मुख्य मुख्य कार्य सम्पादन उपलब्धिहरू सार्वजनिक गरेको छ । 

    images
    images
    images

    स्थानीय तह २०७९मा निर्वाचित भई जेठ ६ गते पदभार ग्रहण गरेका गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले एक सय दिन पुरा भएकोले  गाउँपालिकाबाट भएको मुख्य मुख्य कार्य सम्पादन उपलब्धिहरू सार्वजनिक गरेका हुन ।

    images
    images
    images

    अध्यक्ष यादवले निर्वाचनको बेला जनतामाझा व्यक्त गरेको घोषणापत्रमा शिक्षालाई विशेष प्राथमिकता दिई अनुसार शिक्षा क्षेत्रलाई प्राथमिकता साथ शैक्षिक सुधारतर्फ जोड दिइएको शैक्षिक हिसाबले पछाडि परेको गाउँपालिकालाई सुधार गरी सार्वजनिक विद्यालयमा लगानी वृद्धि अभिवृद्धि गरी शैक्षिक सुधारतर्फ लागिएको अध्यक्ष यादवले जानकारी गराएका थिए । शिक्षा क्षेत्रलाई नियमन गर्नको लागि प्रत्येक विद्यालयहरूमा सिसि क्यामरा जडान गर्न दैनिकी निरीक्षण गर्ने कार्य गर्ने  बताउँदै अध्यक्ष यादवले  शिक्षा क्षेत्रलाई सुधार गर्नको लागि यस आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन गरिएको बताए ।

    images
    images
    images

    गुणस्तरीय सहितको स्वास्थ्य सेवामा पहुँच  एकरुपत कायम गर्न स्वास्थ्य चौकी प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत केन्द्रको क्षमता अभिवृद्धि जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विकास निर्माण गर्न जोड दिँदै जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रलाईलाई १५ शैया अस्पताल निर्माण कार्य तीव्रता दिइएको बताए । गाउँपालिकाको वडा नं ७ र ९ को लागि अकलमै कसैको ज्यान नजाउस भन्दै  एम्बुलेन्स खरिद गरी एम्बुलेन्स सेवा संचालन गर्न लागिएको  बताउँदै अध्यक्ष यादवले  सूर्यपूरा स्वास्थ्य चौकी भवन, सोमनी स्वास्थ्य चौकी भवन र भिट्टा  स्वास्थ्य चौकी भवन निर्माण कार्यलाई द्रुत गतिमा अगाडी बढाइएको बताए ।

    प्रशासकीय भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको  हुँदा आफ्नै भवन निर्माण गर्न लागिएको यसको प्रक्रिया अगाडी बढाई भवनको निर्माण गर्न लागि टेन्डर प्रक्रिया अगाडी बढेको र कार्यान्वयन चरण पुगेको अध्यक्ष यादवले जानकारी दिए । 

    गाउँपालिकाले ७२ किलो मिटरको चक्रपथ निर्माण गर्नको डिपिआर तयार गरिरहेको यसको कार्य अगाडी बढाइएको बताए ।

    कृषि क्षेत्रमा कृषि उपजको बजारीकरण गर्नको निम्ति प्रतापपुर गाउँपालिकाको वडा ७ मा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको र तीन सय भन्दा कृषकहरूलाई आधुनिक कृषि मोटर पम्पसेट पानी तन्ने मोटर च्यापकटर स्प्रेर मेसिन कृषि औजार बितरण गरिएको बताए । गाउँपालिकाको वडा ८ मा केरा पकेट क्षेत्र र वडा ३मा धान पकेट क्षेत्रमा कृषि उत्पादन बढाउनको लागि कृषि औजार बितरण यसबाट धेरै कृषकहरू लाभान्वित भएका छन ।

    आ .व २०७९।८०मा कृषि घर परिवार पहिचान गरी गाउँपालिकाभित्र आठ हजार ६ सय ६२ जनाको परिवारको तथ्याङ्क लिने कार्य सम्पन्न भएको बताउँदै  गाउँपालिकाबाट हुने न्यायिक समितिमा विवाद निरूपण गर्न छिटोछरितो कार्य अवलम्बन गरी अल्या परेको निवेदन ५९ रहेकोले हालसम्म ८६ उजुरी कारबाही गरी किनार लागिएको अध्यक्ष यादवले  बताए । कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रसशाकीय अधिकृत चिरन्जिबी घिमिरेले एक सय दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ४१ जनालाई रोजगार प्रदान गरेको र १सय २६ जनालाई  सिपमूलक तालिम दिइएको बताए ।

    गाउँपालिकाले पूर्वाधार निर्माण सगसगै सुशासन र आर्थिक सुशासन कायम जोड दिइएको जानकारी गराउँदै आन्तरिक राजस्वकाको गत आ.व को तुलनामा ४०.६ प्रतिशत वृद्धि भई गाउँपालिकालाई क्रमशः आर्थिक रूपमा आत्मनिर्भर बढाउने लक्ष्य अनुसार कार्य अगाडी बढाइएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।