राजेश पराजुली, पोखरा । पोखराबाट मुस्ताङको जोमसोम उडेको समिट एयरको जहाज बीचबाटोबाटै पोखरामा फर्किएर आकस्मिक अवतरण गरेको छ ।
आज विहान ७ बजेट ५९ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोम उडेको जहाज ८ बजेर ६ मिनेट जाँदा पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
हवाईकोजहाज इन्डिकेटरमा समस्या देखिएको जानकारी पाइलटले कन्ट्रोल टावरलाई जानकारी गराएपछि विमान फर्काइएको हो । विमानमा १८ जना यात्रु रहेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology