Logo

२०८३, आश्विन ११गते


images
images

चिनियाँ राष्ट्रपतिले 'विप्लव'लाई भेट्न चाहेका छन् : नेकपा नेता बुढामगर 

चिनियाँ राष्ट्रपतिले 'विप्लव'लाई भेट्न चाहेका छन् : नेकपा नेता बुढामगर 

images
  • सेतोमसी सहकर्मी
  • चिनियाँ राष्ट्रपतिले 'विप्लव'लाई भेट्न चाहेका छन् : नेकपा नेता बुढामगर 
    images
    images

    विनोद खनाल, बुटवल । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढामगरले चिनियाँ राष्ट्रपति सि जिङ पिङले नेकपाका महासचिव विप्लवसंग भेट्न खोजेको बताएका छन् । चिनियाँ राष्ट्रपतिले महासचिवलाई भेट्न चाहे पनि परिस्थिति अनुकुल नभएकोले आफ्नो पार्टीको स्थिति र बदलिंदो राजनितिबारे छलफलका लागी पार्टी प्रवक्ता चीन गएको नेता बुढामगरले खुलासा गरेका हुन् । 

    images
    images
    images

    शनिबार बुटवलमा पार्टीको रुपन्देही जिल्ला सम्मेलनमा बोल्दै नेता बुढामगरले अमेरिकाको योजनामा गठबन्धन सरकारले पार्टी नेतृत्वलाई पक्राउपुर्जी जारी गरेर द्वन्द्व निम्त्याउन खोजेकोले त्यसको प्रतिवाद गर्ने बताए । चीनलाई घेर्ने उद्देश्यले अमेरिकाले एमसीसी, एसपिपि लगायतका परियोजना नेपालमा लागू गर्न खोजेको र राष्ट्रवादी शक्तिलाई पक्राउ पुर्जी जारी गरिएको उनको भनाइ छ ।

    images
    images
    images

    सो क्रममा सिघ्र मानसिकताले क्रान्ति नहुने बताउँदै उनले 'सिघ्र मानसिकतामा क्रान्तिलाई बुझ्दा गलत ठाउँमा पुगिने बताए । उनले क्रान्तिको नियमलाई दर्होसंग पक्डेर अगाडि बढे क्रान्ति आफ्नै पालामा हुने ठोकुवा गरे। 

    images
    images
    images

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रकाशन प्रचार बिभाग प्रमुख प्रज्जवलन, केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज कृती, केन्द्रीय सदस्य शरद वली, क्रान्तिकारी ट्रेडयुनियन महासंका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराई, उत्पिडित श्रमिक समुदाय कि केन्द्रीय कोषाध्यक्ष जानकी बराह, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बिष्णु क्षेत्री लगायले बोलेका थिए । 

    जिल्ला सेक्रेटरी बिश्वाशको अध्यक्षता एवं सचिवाल सदस्य नबिनको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला नेता जितबहादुर रसाईलिले गरेका थिए भने कार्यक्रममा संग्रामी सांस्कृतिक परिवारले विभिन्न गित तथा नृत्यहरु प्रस्तुत गरेको थियो।

    छैठौं जिल्ला सम्मेलनले 'बिश्वास' सेक्रेटरी रहेको २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।