गजल
बाबुआमा लखेट्छ र घरमा कुकुर पाल्छ मान्छे
जरामा आगो झोंस्छ र पातमा पानी हाल्छ मान्छे
जता हुरी उतै जान्छ, झरेको पात उडे जस्तै
ठुला-ठुला कुरा गर्छ र मान्छेकै जात फाल्छ मान्छे
न शोक, न भोक न त रोगकै वास्ता भो कहिल्यै
किराले काटेको मुटुको मासु हिराले टाल्छ मान्छे
के छोड्यो मान्छेले, मान्छेकै मासुसमेत छोडेन
काल काल भन्छ तर आफू आफैमा काल्छ मान्छे
यता उता चारैतिर, रवाफ शक्ति र सम्पत्तिको
जति-जति धनी हुन्छ, उति धेरै कंगाल्छ मान्छे
✍️ विष्णु पोखरेल, (२०७०-१२-१८, मूर्ख दिवस)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology