Logo

२०८३, आश्विन १०गते


images
images

राजधानी व्यवस्थापनमा स्थानियको भुमिका महत्वपुर्ण हुन्छ : केसी

राजधानी व्यवस्थापनमा स्थानियको भुमिका महत्वपुर्ण हुन्छ : केसी

images
  • राजधानी व्यवस्थापनमा स्थानियको भुमिका महत्वपुर्ण हुन्छ : केसी
    images
    images

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले राजधानी व्यवस्थापनमा स्थानियको भुमिका महत्वपुर्ण हुने बताएका छन । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका मौरीघाटमा कृषी विकास बैकको शाखा कार्यालय उद्घाटन गर्दै राजधानी व्यवस्थापनमा सहयोग गर्न स्थानियसंग आग्रह गरेका हुन । 

    images
    images
    images

    उनले राप्ती उपत्यकालाई आधुनिक र सुविधा सम्पन्न शहरको रुपमा विकास गर्ने योजना सहित काम सुरु भएको जानकारी दिए । राजधानी निर्माणका क्रममा जग्गा रोक्का गरीदा केही समय समस्या भए पनि कालान्तरमा स्थानियलाई फाइदा हुने भएकाले नआत्तीन आग्रह गरे । 

    images
    images
    images

    मुख्यमन्त्री केसीले राजधानी व्यवस्थापनमा भुमिका खेल्न राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका अध्यक्षहरुलाई सुझाब दिए । बैक तथा वित्तिय संस्थाहरु नामामुखि मात्रै हुँदा उत्पादन बृद्धि हुन नसक्ने भन्दै उनले उत्पादनसंग जोडिने कार्यमा लाग्न कृर्षि विकास बैकका कर्मचारीहरुलाई निर्देशन दिए । 

    images
    images
    images

    जनताको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनु पर्नेमा मुख्यमन्त्री केसीको जोड थियो । सो अवशरमा उनले प्रदेश सरकारले आफ्नो स्वामित्वमा रहने गरेर बैक स्थापना गर्न लागेको जानकारी दिए । प्रदेश सरकारले स्थापना गर्ने बैकका शाखाहरु प्रदेशका सबै स्थानिय तहमा हुने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजधानी व्यवस्थापन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।