Logo

२०८३, आश्विन ११गते


images
images

प्रकटेश्वर महादेव शिवालयमा पाण्डेय दम्पत्तिले शनिदेवको मूर्ति सर्मपण गर्ने

प्रकटेश्वर महादेव शिवालयमा पाण्डेय दम्पत्तिले शनिदेवको मूर्ति सर्मपण गर्ने

images
  • प्रकटेश्वर महादेव शिवालयमा पाण्डेय दम्पत्तिले शनिदेवको मूर्ति सर्मपण गर्ने
    images
    images

    कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका एक दम्पतीले शनिदेवको मूर्ति सर्मपण गर्ने भएका छन् । अरुण कुमार पाण्डेय र उनकी जीवन संगीनी लता पाण्डेयले बाणगंगा २ पिपरा स्थित प्रकटेश्वर महादेव शिवालय पिपरामा शनिदेवको मूर्ति विधि विधानसहित पूजा आजा गरी भोली विहीबार सर्मपण गर्न लागेका हुन् । 

    images
    images
    images

    नेपाल भारत मैत्री समाजका केन्द्रीय सचिव एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका अरुण कुमार पाण्डेयले मूर्ति प्रकटेश्वर महादेव पिपरालाई समर्पण गरेको बताए । 

    images
    images
    images

    पाण्डेयले आफ्नो धर्मप्रति रुची भएको र यस क्षेत्रमा शनी देवको मूर्ति नभएकोले पूजा आजाका लागि सहजता होस भन्ने उद्देश्य सहित र धर्म भनेको जिव वा मानवको स्वभाविक गुण भएको आफ्नो बुझाई भएकाले शनिदेवको मूर्ति शिवालय मन्दिरमा समर्पर्ण गरेको बताए । 

    images
    images
    images

    उनले यसअघि सुपा देउराली बैजलपुर, दुर्गा मन्दिर कलौनीमा समेत दुर्गाको मूर्ति समर्पण गरी सकेका छन् । 

    मन्दिर समितिका कृष्ण मुरारी ज्ञवालीले शनिदेवको मूर्ति शिवालय मन्दिरलाई समर्पण गर्नु अत्यन्तै स्रहाहनीय र प्रशंसनीय कार्य भएको बताए ।

    दानधर्मको विषय भएको बन्दै मूर्तिको लागत मूल्य भने पाण्डेय दम्पतीले खुलाउन चाहेनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।