काठमाडौं । हरतालिका तीजको अवसरमा बरदुबईमा पहिलो पटक सामुहिक ऋषिपञ्चमी कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम १ सितंबर २०२२ का दिन बिहिबार हुँदैछ। ज्योतिष तथा गुरु बाल ब्यास श्रवण न्यौपानेको नेतृत्वमा हुन लागेको उक्त दर खुवाउने तथा पञ्चमी घुम्ने कार्यक्रम भोलेबाबा ज्योतिष सेवा केन्द्रले आयोजना गर्ने भएको छ ।
ज्योतिष तथा गुरु बाल ब्यास श्रवण न्यौपानेले दुबईमा पहिलो पटक हरितालिका तथा तिजको पावन अवसरमा सामुहिक रुपमा महिला तथा चेलीबेटीहरुलाई विशेषगरि ऋषिपञ्चमी तथा दर खाने कार्यक्रम आयोजना गर्न लागिएको सेतोमसीलाइ बताएका छन । कार्यक्रममा दिनेश पन्डित जि मन्दिरका मुख्य पुजारीको पनि उपस्थिति रहने छ ।
हरतालिका तीज हिन्दु महिलारुको प्रमुख चाड हो । यो पर्वको विशेष महत्व महिलाहरुका लागि रहेको छ । यो पर्व नेपाल र भारतमा मनाइन्छ । यो पर्व पूर्णतया भगवान शिव र देवी पार्वतीमा समर्पित छ । हरितालिका तीजमा महिलाहरु दिनभर निर्जला व्रत बस्ने अर्थात् दिनभर पानी पनि नपिउने गर्दछन । यो व्रत सर्वप्रथम माता पार्वतीले भगवान शिवलाई पतिको रुपमा प्राप्त गर्न राखेको जनविश्वास छ ।
यो चाँड भाद्रपद मासको शुक्ल पक्ष तृतीयामा मनाइने गरिन्छ । यस दिन, भगवान शिव र देवी पार्वतीको मूर्तिहरू बालुवा खोपेर, दाम्पत्य सुख र सन्तानको लागि पूजा गरिन्छ । पौराणिक कथाका अनुसार माता पार्वतीले भगवान शिवसँग विवाह गर्न चाहेको तर उनका पिताले भगवान विष्णुसँग विवाह गर्न अनुरोध गरेपनि पार्वतीले अस्विकार गरेको र पार्वतीकी एक सखीले उनलाई भगवान शिवसँग विवाह गर्न तपस्या गर्न आग्रह गरेको किदवन्ती पाइन्छ ।
माता पार्वतीले बालुवाबाट शिव लिंग बनाएर कठोर तपस्या गरिन। । देवी पार्वतीको तपस्याबाट भगवान शिव प्रसन्न भएर देवी पार्वती समक्ष प्रकट भएर विवाह गरेको पौराणिक कथा छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology