Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

जेठ १ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

जेठ १ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • जेठ १ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ जेठ १ गते शनिबार । तदनुसार १५ मे २०२१ । श्री शनिदेवको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।

    images
    images
    images

    पञ्चाङ्ग: 

    images
    images
    images

    वि.सं. जेठ ०१, २०७८ । ई.सं. 15 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ बछलाथ्व । उत्तरायण । ग्रीष्म । शनिवार । वैशाख शुक्लपक्ष । तिथि - तृतीया , ५:३४ बजे उप्रान्त चतुर्थी । नक्षत्र - मृगशिरा , ६:४२ बजे उप्रान्त आर्द्रा । योग - धृति , २४:३२ बजे उप्रान्त शूल । करण - गर ५:३४ बजेदेखि वणिज , १८:१६ बजे उप्रान्त वालव । चन्द्रराशि - मिथुन । आनन्दादि योग - वज्र । दिनमान ३३ घडी ३९ पला । सूर्योदय ५:१७ । सूर्यास्त १८:४५ । ज्येष्ठसंक्रांन्ति, भद्रा १८:१६ उप्रान्त, ललितपुर मत्स्येन्द्रनाथ रथयात्रारम्भ ।

    images
    images
    images

    आजको राशिफल :

    मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    धन आर्जन गर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछन् । धैर्यताले कार्य सफल हुनेछ । साथिहरुको पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् ।

    बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यक रुपमा धन क्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु बन्नेछन् ।

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मिल्नेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ । 

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    मानसिक तथा शारीरिक समस्याले सताउने छ । धन क्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुरा काट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुनेछ । अध्ययनमा रुचि घट्नेछ । शत्रुपक्ष वलवान हुनेछन ।

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति बढ्नेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभ हुने दिन रहेको छ । 

    कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार बढ्नाले दुराचारको भावना जाग्रित हुनेछ ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    उत्तम वस्त्र प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फइदा हुने दिन रहेको छ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।

    वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउनेछ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।

    धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    धन लाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खान पाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।

    मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन । 

    कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुनेछ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    आँटेको काम पुरा हुनेछैन् । परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउनेछ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

    नोट : ज्योतिष परामर्शको लागि
    कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
    सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ 
    (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।