कृष्ण अन्जान, गुल्मी । अखिल नेपाल महिला सँघ रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ ले महिलाहरुकाे पर्व हरितालिका तीजकाे अवसर पारेर तिज मिलन तथा तीजगीत प्रतियोगिता सम्पन्न गरेकाे छ ।
प्रतियोगितामा थाेर्गा जनचेतना आमा समूह प्रथम, सुनौलो बिहानी महिला समूह द्दितिय र थानपति स्वास्थचौकि र ज्ञानज्याेति आमा समूह तृतीय भएका छन ।
यसैगरि पएग आमा समूह र जनजागृती आमाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन ।प्रतियोगितामा दस समुहको सहभागिता रहेकाे थियाे ।
प्रतियोगितामा आफ्नो धारणा राख्दै प्रदेश साँसद समेत रहेका नेकपा एमालेका नेता कमल राज श्रेष्ठले महिला मुक्ति आन्दोलनमा अखिल नेपाल महिला सँघकाे याेगदानकाे चर्चा गर्दै तिजलाई विकृति र विसँगतिबाट मुक्त बनाउन अखिल नेपाल महिला सँघले पहल गरेकाे बताए ।
अखिल नेपाल महिला सँघका अध्यक्ष कविता गौतमकाे अध्यक्षतामा भएकाे तिजगित प्रतियोगिताकाे सन्चालन बिष्णु राणाले गरेकि थिईन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology