Logo

२०८३, आश्विन ११गते


images
images

कार्यालय पोसाकमै 'डगी डान्स' गर्ने कर्मचारीले मागे माफी, यसरी भएको थियो भिडियो 'लिक'

कार्यालय पोसाकमै 'डगी डान्स' गर्ने कर्मचारीले मागे माफी, यसरी भएको थियो भिडियो 'लिक'

images
  • कार्यालय पोसाकमै 'डगी डान्स' गर्ने कर्मचारीले मागे माफी, यसरी भएको थियो भिडियो 'लिक'
    images
    images

    दाङ । दाङको बबई गाउँपालिकाले सञ्चालनमा ल्याएको हापुरे प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीले कार्यालय पोसाकमै ‘डगी डान्स’ गरेर आलोचित भएपछि माफी मागेका छन् ।

    images
    images
    images

    विप्लवसहितका ४ राजनीतिक दलले गरेको बन्दको दिन कार्यालयमै अस्पताल प्रमुखसंग अनुमति लिएर उनीहरुले तिज बिशेष कार्यक्रम गरेका थिए । खानपिन कार्यक्रमसंगै नाचगान पनि थियो ।

    images
    images
    images

    कार्यालयको पोशाकमै रहेकै क्रममा अस्पतालमा कार्यरत कार्यालय सहयोगी सन्ध्या बुढाले उक्त नाच प्रस्तुत गरेकी थिइन् । त्यो नाच प्रिङ्का वलीको मोवाईलमा खिचिएको थियो । खिच्दा टिकटकमा नहाल्ने सहमति थियो । तर, प्रिङ्काले त्यसलाई आफ्नो टिकटकमा राखेपछि उनीहरु आलोचित भएका हुन् । कार्यालयको पोशाकमै रहेकाले त्यो टिकटक फाल्न उनीहरुले पटक–पटक हटाउन पनि अनुरोध गरे । तर, प्रिङ्काले मानिनन् ।

    images
    images
    images

    त्यसपछि त्यो टिकटक सामाजिक सञ्जालमा भाइरल भयो । धेरै टिकाटिप्पणी भएपछि स्वास्थ्यकर्मीहरुले सामूहिक रुपमा माफी मागेका छन् । विहीबार उनीहरुले टिकटकबाटै माफी मागेका हुन् । उनीहरुले गीत र भिडियो भुलबस पोष्ट भएकोमा माफी मागेका हुन् । सामाजको आफ्नो दायित्व नभुल्ने र मर्यादामा रहेर सेवा गर्ने जिम्मेवारीबाट आफूहमरु बिमुख नभएको उनीहरुको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बबई गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।