धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ्गले जंगलमा समेत सिसिटिभि क्यामेरा राख्ने बताएका छन् । आफ्नो फेसबुक पेजमा एक स्टाटस राख्दै साङ्पङ्गले यस्तो बताएका हुन् ।
उनले जंगलमा नराम्रो काम र अपराध गर्नेहरुलाई सिसि क्यामेराको माध्यमबाट निगरानी गरि कारबाही गरिने आशय प्रकट गरेका छन् ।
उनले लेखेका छन् " अब हामी जंगलमा समेत सिसिटिभी क्यामेरा राख्नेछौँ ! नराम्रो काम गर्ने र अपराध गर्नेहरुलाई कारवाही चलाइनेछ ! "।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology