Logo

२०८३, आश्विन ११गते


images
images

मेयर बालेन शाह र अल्फा केयरका सञ्चालकबीच चर्काचर्की

मेयर बालेन शाह र अल्फा केयरका सञ्चालकबीच चर्काचर्की

images
  • मेयर बालेन शाह र अल्फा केयरका सञ्चालकबीच चर्काचर्की
    images
    images

    काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह र अल्फा फार्मेसीका सञ्चालकबीच चर्काचर्की भएकाे छ। अवैध संरचना हटाउँदै हिँडेका मेयर शाह काठमाडाैँकाे नयाँ बानेश्वस्थित अल्फाबिटा भवनमा सञ्चालनमा आएकाे अल्फा केयर फार्मेसीकाे जग्गा नक्साकाे विषयकाे कुराकानीकाे क्रममा उनीहरूबीच चर्काचर्कीकाे अवस्था सिर्जना भएकाे हाे।

    images
    images
    images

    अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ। पार्किङ भने सडक पेटीमा हुने गरेको छ। नक्सामा नभएकाे जग्गामा फार्मेसीले पार्किङ बनाएकाे र समयमै हटाउन भन्दै महानगर पत्र काट्दासमेत नहटाइएकाे भन्दै महानगरका मेयर शाह आक्राेशित भएका हुन्।

    images
    images
    images

    फार्मेसी सञ्चालक र मेयर शाहबीच कुराकानीका क्रममा शाहले फार्मेसीकाे पार्किङ सरकारी जग्गामा भएकाे भन्दै खाली गर्न लगाएका छन् भने फार्मेसी सञ्चालकले आफूले फार्मेसी सञ्चालन गर्दा त्यहाँ अगाडि बाटाे नबनेकाे र बाटाेले गर्दा जग्गा मिचिएकाे जिकिर गरेका छन्।

    images
    images
    images

    यसै क्रममा बालेनले नक्सा माग्दा फार्मेसी सञ्चालकले अहिले आफूसँग नभएकाे र महानगरबाट आएकाे सूचका बारेमा समेत आफूलाई जानकारी नभएकाे र बालेनबाटै(महानगरपालिका)बाटै नक्शा लिने बताउँछन्। यता मेयर शाहले भने जग्गावालाकाे नक्सा जग्गाबालासँगै नै हुनुपर्ने भन्दै चर्काे स्वरमा बाेल्छन्।

    आक्राेशित हुँदै मेयर शाह भन्छन्,’तपाईंकाे जग्गाकाे नक्सा तपाईंसँगै हुनुपर्छ। तपाईंकाे जग्गा मसँग हुन्छ? ३५ दिनभित्र खाली गर्न भनेर सूचना प्रकाशन गरेकै हाे।’

    यति भन्दै बालेनले फार्मेसीमा सटर लगाउन आदेश दिन्छन्।

    यता फार्मेसी सञ्चालकले भने बालेनले आफूमाथि रिस पाेखेकाे भन्दै त्यसकाे प्रतिवाद गरेका छन्। साथै उनले महानगर नक्सा र वकिलसहित आएर कानुन बमाेजिम अगाडि बढ्न तयार भएकाे बताउँछन्।

    आफू सम्मानित व्यवसायी भएकाे र बालेनले दुर्व्यवहार गरेकाे उनकाे भनाइ छ। उनले भनेका छन्,’मेराे पनि लाखाैँ लगानी छ, कर तिरेकाे छु। गलत भएकाे भए कानुन बमाेजिम म भाेग्न तयार छु। आइ एम भेरी रेस्पेक्टेड बिजनेस पिपुल, दिस इज नट गुड।’

    मेयर बालेन शाह केही दिनयता नक्सा पास नभएका संरचना भत्काउने अभियानमा छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।