Logo

२०८३, कार्तिक २७गते


images
images

अर्गानिक तिजका गितमा अर्गानिक दरकाे खान्कि 

अर्गानिक तिजका गितमा अर्गानिक दरकाे खान्कि 

images
  • सेतोमसी सहकर्मी
  • अर्गानिक तिजका गितमा अर्गानिक दरकाे खान्कि 
    images

    कृष्ण अन्जान,अर्गली । तानसेन नगरपालिका वडा न १४ फाेस्रान टाेल पुग्दा टाेलिभरिका आमा बा ,दाजुभाई दिदी बहिनी हजुरबा हजुर आमा स्थानीय राधाकृष्ण मन्दिरकाे प्राँगणमा जम्मा भएका थिए ।
    विहानै  नौ बजेदेखिकाे याे जमघटमा दिदीबहिनी हरुले तिजका गित रन्काउँदै थिए भने केही पाका मान्छे हरुले खान्कि पकाउँदै थिए ।
    फाेस्रान टाेलका सबैघर हरुबाट सिठेझारा पार्दै बुधबार सबैलाई दर खान मन्दिर प्राँगणमा जम्मा पारिएकाे स्थानीय कृष्ण प्रसाद पाण्डेलेले बताए ।
    हुनपनि साना बालबालिका देखि युवा र नव्वे वर्ष सम्माका जेष्ठ नागरिक सम्म जम्मा भएका थिए फाेस्रान टाेलकाे मन्दिरमा ।
    हामीले गाउँका बा आमालाई बाेकेर मन्दिरकाे प्राँगणमा ल्याएका छम कृष्ण प्रसाद पाण्डेले थपे ।
    एकातिर मादल घन्काउँदै तालिकाे तालमा  परम्परागत तिजका गितहरुमा आमा दिदी वहिनिहरुले शालिन रुपमा  नाच्ने र गाउने गर्दै थिए भने भान्साकाे काम पुरुष हरुले सम्हालेका थिए ।
    आधुनिक तिजकाे दर जस्ताे तडक भडक काहँ हाे र याे दरमा त गाउँका अर्गानिक तरकारी र अन्य खान्कि पाक्दै  थिए ।
    भान्सामा पाकेको खान्कि पनि साँच्चै सात्विक र गाउँकाे उत्पादन थियाे ।
    हामीले गाउँका घरघरबाट भाँचेर ल्याएका तामामा आलु मिसाएका  तरकारी ,गाउँकै शुद्द गावाकाे तरकारी ,घिरम्लाे र आलु काे अर्काे तरकारी र बाेँगाे र चना मिसाईएकाे अचार सँग खान अर्गलीमै उब्जेकाे सामा मनसुली चामलमा स्थानीय घिउ हालेर बनाईएकाे खाजा पकाएका छौँ खान्कि पकाउने काममा खटिएका बाेधराज पाण्डे ,शिव ज्ञवाली र बिष्णु पाण्डेले एकैसाथ भने  ।
    गाउँटाेलमा किन छुट्टाछुट्टै दर खाने कम्तिमा पनि सामाजिक सद्भभाव कायम हाेस भनेर नै सबैलाई एकैठाउँमा जम्मा गरेका हौँ फाेस्रानका युवा नारायण पाण्डेले भने ।
    दरखान ल्याईएका तरकारी चामल घिउ सबैले गाउँबाटै ल्याईएकाे हाे भने स्थानीय जनचेतना आमा समुहले जाेडेका भाँडाकुँडा मा दर पकाईएकाे थियाे सबै व्यवस्थापन अष्टभुजा युवा क्लवले गरेकाे छ ।
    विहान देखि शुरु भएकाे तिजकाे गित सँगै साँझ भजन समेत चल्ने तयारी छ । जन्माष्टमि काे छैठौँ दिन भगवान कृष्णकाे छैँठिलाई समेत मध्य नजर गरेर राति बाह्र बजे सम्म भजन गरिने स्थानीय शिव शँकर पाण्डेले जानकारी गराए ।
    वास्तवमा अत्यन्यै सद्भावका साथ याे  अर्गलीकाे फाेस्रानमा आयाेजना गरिएकाे दरखाने जमघटले ठुला हाेटल हरुमा पुगेर दरखाने सम्भ्रान्त विचार माथि धावा मात्र बाेलेकाे छैन कि यसबाट केही सिक्नु पर्ने अवस्था देखिएकाे छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तानसेन नगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।