काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।
४ हजार ९४९ जनामा गरिएको परीक्षणका ३४३ जना पीसीआर र २९१ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, ४ सय १७ जना मंगलबार संक्रमणमुक्त भएका छन् ।
संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने देशभर सक्रिय संक्रमितको संख ४२ सय २१ रहेको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology