Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र २१ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

चैत्र २१ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • चैत्र २१ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २१ गते शुक्रबार । तदनुसार ३ अप्रील २०२१ । श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि- समय उत्तम रहला  ।मित्रजनसंगको सहकार्यमा लाभ होला । आर्थिक, बौद्धिक तथा शैक्षणिक क्षेत्रमा लाभ होला ।

    images
    images
    images

    बृषभ राशि - उत्तम समय छ । तर कार्यक्षेत्रमा अतिशयुक्तीका कारण बनेका कार्यहरु पनि बिग्रन सक्लान । संयमित भइ काम लिनु पर्ला । अर्थपूर्ण यात्रा होला । बौद्दिक सर्कलमा मान सम्मानको तक मिल्ला । मनमा प्रशन्नता होला  । 

    images
    images
    images

    मिथुन राशि - समय अनुकुल रहला तर आंटेका काममा ढिलासुस्ती हुन सक्ला । यद्यपि परिश्रमको फल खेर जाने छैन । सोचे भन्दा केहि बिपरित कार्य हुन सक्ला ।
     सामाजिक तथा प्रशासन छेत्रमा अपयस पनि हुन सक्ला ।

    कर्कट राशि- बौद्धिक सर्कलमा मान- सम्मान मिल्ला । दिन उपलब्धि मुलक रहला  जुन सुकै होस् । अाफ्नो कार्यगत छेत्रमा लाभ मिल्ला  यात्रा तथा मुसाफरिको  योग पनि होला । मित्र तथा परिवार पाटनरमा पनि खुशिको माहोल बन्ला । तर मनमा धैर्यता राख्नुपर्ला ।

    सिंह–  समय अनुकुल छ । नया ठाउँको यात्राको योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ।  दिन रमाइलो  छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ ।  टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।   व्यापार बढने यात्रा हुने र रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला ।

    कन्या - समय उत्तम रहेको छ । मन प्रशन्न रहला । बुध्दि बिबेकद्वारा अधुरा कार्यहरु पूरा हुनेछन । तर हित शत्रुबाट बच्नुपर्ला ।   स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ ।

    तुला – समय उत्तम छ । प्रशासनिक क्षेत्रमा पदोन्नति तथा मान सम्मानको योग रहेको छ । शुभ समाचार सुन्न पाइएला । मनमा भने थोरै बेचैनी रहनेछ ।

    वृश्चिक – समय मद्यम खालको रहेको छ । आत्मबल तथा बुद्दी बिबेकले काम लिनुपर्ला । कार्य क्षेत्रमा कटाक्ष समेत सहनुपर्ला । सामन्य चोटपटकको भय रहला ।

    धनु – समय उत्तम रहेको छ ।  बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम सफल हुनेछन ।  काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।  विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अनौठो खबर सुन्न्न पाइएला ।

    मकर – मध्यम समय रहेको छ । मित्रजन तथा सहकर्मीको सहयोग मिल्नेछ । सामाजिक केही अड्चनहरु आउन सक्छन । बादविवादको पनि संभावना रहला । 

    कुम्भ – मध्यम समय छ । स्वजन तथा सहकर्मी, सहयात्रीबाट अपेक्षित कार्यमा रुकावट होला । आफन्तजन टाढिने योग छ । शारीरिक आलस्यता बढ्नेछ । कार्यमा रुचि बढ्नेछैन । इष्ट देवको संझना गरि अगाडि बढ्नु फाइदाजनक होला ।

    मीन – समय मध्यम रहेको छ । बौद्धिक सर्कलबाट मानसम्मानको योग छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । कार्यगत क्षेत्रमा बाधा- अड्चन आएपनि जिम्मेवारी पूरा गर्न सकिएला ।

    ॐ हरिशरणम् । 

    यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो । उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    (ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगर मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।