काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग वाईसीएलको अध्यक्षमा सुवोधराज श्रीपाली चयन भएका छन्।
काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाले आइतबार श्रीपालीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो। वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन भएको वाइसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।
पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ। यसअघि वाइसीएल अध्यक्ष सुमन देवकोटा थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology