Logo

२०८३, आश्विन १०गते


images
images

अग्रज कम्युनिस्ट योद्धाहरूलाई सम्मान तथा अभिनन्दन

अग्रज कम्युनिस्ट योद्धाहरूलाई सम्मान तथा अभिनन्दन

images
  • सेतोमसी सहकर्मी
  • अग्रज कम्युनिस्ट योद्धाहरूलाई सम्मान तथा अभिनन्दन
    images
    images

    कृष्ण अन्जान, गुल्मी । नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन अग्रजहरुकाे याेगदान प्रमुख रहेकाे आईतबार गुल्मीकाे थाेर्गामा आयाेजित कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन ।

    images
    images
    images

    नेकपा एमाले रुरुक्षेत्र ३ वडा कमिटिले आयाेजना गरेकाे जेष्ठ कम्युनिस्ट कार्यकर्ताहरुका सम्मान र अभिनन्दन कार्यक्रममा बाेल्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य दिनेश पन्थीले नेपालमा वामपन्थीहरुकाे विरासत कायम गर्न अग्रज हरुकाे ठुलाे याेगदान रहेकाे बताए । यसरी अग्रजहरुलाई सम्मान र अभिनन्दन गरेर एमाले वडा कमिटीले उदाहरणीय काम गरेकाे र अरु ठाउले पनि सिक्नु पर्ने उनले धारणा राखे ।

    images
    images
    images

    कार्यक्रममा बाेल्दै नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य कमल राज श्रेष्ठले निरंकुश कालरात्रिमा आफ्नो घरमा आश्रय दिने, लुकाउनेसँगै खान बस्न दिएर वामपन्थी आन्दोलनलाई मलजल गरेका अग्रजहरु सम्मानका पात्र भएकाे बताए ।

    images
    images
    images

    कार्यक्रममा थाेर्गाका पाका नेता निलकण्ठ गौतमले कम्युनिस्ट पार्टीको स्थापना देखि हाल सम्मकाे कम्युनिस्ट ईतिहास र वर्तमानकाे चर्चा गर्दै कम्युनिस्ट पार्टीलाई बचाउन थाेर्गेली अग्रजहरुकाे याेगदानकाे चर्चा गरे ।

    रुरुक्षेत्र वडा म ३ वडा कमिटीले ले वाह्र जना कम्युनिस्ट पार्टीका अग्रज हरुलाई मरणाेपरान्त सम्मान गरेकाे छ ।मरणाेपरान्त सम्मानित हुने हरुमा स्वर्गीय एकादेव ज्ञवाली, पन्नाराम श्रेष्ठ, जीवबहादुर क्षेत्रि, चतुर्भुज ज्ञवाली, माेहनलाल श्रेष्ठ ,बुद्धि प्रसाद ज्ञवाली, हरि प्रसाद श्रेष्ठ, टेकराज ज्ञवाली, दधिराम ज्ञवाली, भिमलाल ज्ञवाली र थम्मन बहादुर साेमै रहेका छन ।

    यसैगरी कम्युनिस्ट आन्दोलनका जिवित  धराेहर तथा सहयाेगि १८ जनालाई अभिनन्दन गरिएकाे छ ।
    अभिनन्दित हुने हरुमा यम बहादुर राना, हिरामणी ज्ञवाली, पल्लि विक, ईश्वरि ज्ञवाली, नित्यानन्द ज्ञवाली, बालकृष्ण ज्ञवाली, मेघराज गौतम, तेज प्रसाद ज्ञवाली, ज्ञान प्रसाद भण्डारी, लेखनाथ ज्ञवाली, हेमकान्त ज्ञवाली, कलाधर ज्ञवाली ,जनकलाल श्रेष्ठ ,कमलराज श्रेष्ठ ,निलकण्ठ गौतम, वीर बहादुर दमाई, भिम बहादुर नेपाली र हरिलाल पन्थलाई दाेसल्ला साथै सम्मान पत्र सहित अभिनन्दन गरिएकाे थियाे ।

    कार्यक्रममा रुरुक्षेत्र ३ का वेपत्ता रहेका केशव बहादुर राना प्रति पनि सम्मान गरिएकाे छ ।

    रुरुक्षेत्र ३ वडा कमिटीका अध्यक्ष तिलक राज ज्ञवालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा शेषनारायण पौडेल, मिना गौतम, लक्ष्मी पन्थ, फर्सु ज्ञवाली लगायतले आफ्नो धारणा राखेका थिए ।

    कार्यक्रमकाे सन्चालन एमाले रुरुक्षेत्र ३ वडा कमिटी उपाध्यक्ष ज्ञानेश्वर ज्ञवालीले र स्वागत नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी सदस्य मेघराज ज्ञवालीले गरेकाे थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।