नुवाकोट । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच सामाजिक सञ्जालमा भएको दोहोरीको विषयले संसदमा पनि प्रवेश पाएको छ।
नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै यो विषयको जानकारी गराएका हुन्।
‘काठमाडौं महानगरपालिकाका मेयरले फोहोर ब्यवस्थापनको विषयमा लाचारी ब्यक्त गरिरहेकै बेलामा धरानका मेयरले म काठमाडौं आएपछि फोहोरमैलाको समस्या समाधान भयो भनेपश्चात् सांसद राईले भने, ‘यसमा बालेन र हर्क साम्पाङको फेसबुकमा दोहोरी नै चलेको देखियो।’
यो विषय महानगर वा सरकार कसले समाधान गर्ने भन्नेबारे अन्यौल भएको भन्दै प्रष्ट पार्न उनले आग्रह गरेका छन्।
‘महानगरले उठाउनपर्ने विषय हो कि, सरकारले नै समाधान गर्नपर्ने हो?’ उनले प्रश्न गरेका छन् । पुरानै तरिकाबाट चलेको भन्दै नयाँ प्रविधि भित्र्याएर समाधान गर्नेतिर कसैले नसोचेको भन्दै आक्रोश ब्यक्त गरेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology