Logo

२०८३, आश्विन ११गते


images
images

रौतहटमा बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

रौतहटमा बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

images
  • रौतहटमा बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    रौतहट । रौतहटको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

    चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३-००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

    अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात बसका चालक चन्दन कुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका सन्तु जैसवारले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रौतहटको चन्द्रपुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।