Logo

२०८३, आश्विन ९गते


images
images

'नागरिकलाई नघुमाऔँ, मन्त्री र सचीवले समन्वय गरौँ, सेवाग्राहीलाई दु:ख दिने काम बन्द गरौँ '

'नागरिकलाई नघुमाऔँ, मन्त्री र सचीवले समन्वय गरौँ, सेवाग्राहीलाई दु:ख दिने काम बन्द गरौँ '

images
  • 'नागरिकलाई नघुमाऔँ, मन्त्री र सचीवले समन्वय गरौँ, सेवाग्राहीलाई दु:ख दिने काम बन्द गरौँ '
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले नागरिकलाई अनावश्यक 'घुमाउने' र दु:ख दिने काम नगर्न मन्त्री र सचीवहरूलाई निर्देशन दिएका छन् । बिहिवार सम्पन्न मन्त्री र सचीवहरूको बैठकमा बोल्दै मुख्यमन्त्री केसीले आवश्यक परे मन्त्री र सचिवहरू नै 'घुम्न' एक अर्कामा समन्वय गर्न र नागरिकलाई सहज सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

    images
    images
    images

    मुख्य्मन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माका अनुसार मुख्यमन्त्री केसीले प्रदेशको सर्वाङ्गीण विकासमा समर्पित भएर काम गर्न मन्त्री र सचीवहरू चुक्न नहुने उल्लेख गर्दै मन्त्री र सचिवबिचको आपसी असमझदारीका कारण नागरिकले दु:ख पाउने अवस्था आउन नहुनेमा सजग हुन अनुरोध गरेका थिए । 

    images
    images
    images

    मन्त्रालयगत रुपमा आर्थिक वर्ष २०७८।७९ को बार्षिक समीक्षा समेत गरिएको उक्त कार्यक्रममा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले गतवर्ष सबैको सहयोगले नतिजा राम्रो निकालेका दावी गर्दै मन्त्री र सचिवहरुको बीचमा घतिभूत छलफल गरी सुशासनलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका थिए ।  

    images
    images
    images

    भनसुनको आधारमा सरुवा र बढुवा नहुने स्पष्ट पार्दै मुख्यमन्त्री केसीले भने, “हामी सुशासन कायम गरौँ, कसैको भनसुनमा काम नगरौँ, कार्य सम्पादन प्रणालीको आधारमा मात्रै गरौँ, विभिन्न संघ-संगठन लगायतको भनसुनमा होइन प्रणालीमा टेकेर काम गरौँ ।”
     
    सो अवसरमा प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेका राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर कपुरकोट मार्ग, लुम्बिनी टेक्निकल विश्वविद्यालयका योजनालाई सफल पार्न सबै मन्त्री र सचिवहरुविच आपसी सहयोग र समन्वयमा ध्यान दिन मुख्यमन्त्रीले सुझाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।