काठमाडौं । भारततर्फ चिया निर्यातमा व्यवसायीलाई अवरोधको हल्ला भइरहेको बेला चीन नेपाली चियाका लागि आफ्नो बजार खुला गर्न सहमत भएको छ ।
नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला चीन नेपाली चियालाई आफ्नो बजार खुला गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री डा. नारायण खड्काले २४–२६ साउनसम्म चीनको भ्रमण गरेका थिए ।
नेपाल चिया तथा कफी विकास बोर्डकाअनुसार नेपालले दुई वर्षदेखि नेपाली चियाका लागि चिनियाँ बजार खुल्ला गर्न आग्रह गर्दै आएको थियो । चीनले नेपाली चियाका लागि बजार खुला गरेको बोर्डका अध्यक्ष डा. बिष्णुप्रसाद भट्टराईले बताए ।
नेपालको चिया चीनमा निर्यातबारे गत मंसिरमा पठाएको मोडालिटीमा पनि बेइजिङले सहमति जनाएको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology