Logo

२०८३, आश्विन ११गते


images
images

७८ देशका ५ लाख बढिलाई उछिन्दै बुटवलकी निकिता बनिन् 'टोयोटा ड्रिम कार' विजेता

७८ देशका ५ लाख बढिलाई उछिन्दै बुटवलकी निकिता बनिन् 'टोयोटा ड्रिम कार' विजेता

images
  • ७८ देशका ५ लाख बढिलाई उछिन्दै बुटवलकी निकिता बनिन् 'टोयोटा ड्रिम कार' विजेता
    images
    images

    बुटवल । एभरेष्ट ईङ्गलिस माध्यमिक विद्यालय बुटवल सुख्खानगरकी विद्यार्थी निकिता भट्टराईले टोयोटा ड्रिम कार आर्टमा उत्कृष्ट बिजेता बनेकी छन ।  टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको उत्कृष्ट बिजेता बनेकी निकिताले पुरस्कार सहित झन्डै ४ लाख नगद हात पारेकी छन् । 

    images
    images
    images

    एभरेष्ट माविबाट २०७८ सालको एसिईइ परिक्षा दिएकी निकिताले सन् २००४ बाट सुरु भएको सो प्रतियोगिताको फाइनलमा गएर यसपटक उत्कृष्ट बन्दै नेपालको चित्र पुरस्कृत गराउन सफल बनेकी हुन्  । 

    images
    images
    images

    विश्वका ७८ देशमा कोरिएका ५ लाख ३० हजार ड्रिम कारको तस्विर मध्येबाट २४ वटा चित्र उत्कृष्ट भएका थिए । ती मध्ये ‘आर्टिफिसियल इन्टेलिजेन्स वेस्ड कार’ नामक चित्र उत्कृष्टमा पर्न सफल बनेको हो । 

    images
    images
    images

    निकिताले टोयोटा मोटर्स कर्पोरेसनको तर्फबाट ३ हजार डलर (रु ३,८४,८१० नेपाली)  नगद पुरस्कार समेत प्राप्त गरेकी छिन् । 

    उनी विजेता भएसँगै नेपालको लागि टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले एक कार्यक्रम आयोजना गरी शिल्ड तथा सर्टिफिकेट वितरण गरेको छ । 

    उक्त वितरण कार्यक्रममा यूटिएसका प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, वरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी र महाप्रबन्धक महेश कुमार एमको उपस्थिति रहेको थियो ।

    टोयोटाले विद्यार्थीलाई उमेर समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराउँदै आएको छ । जहाँ समूह ए अन्तर्गत ६ वर्षसम्मका बालबालिका, समूह बी अन्तर्गत ७ देखि १२ वर्षसम्मका बालबालिका र समूह सी अन्तर्गत १३ देखि १५ वर्ष उमेरका बालबालिकाले प्रतिस्पर्धा गर्ने गर्दछन ।

    उक्त उमेरमा निकिता सी समुहबाट प्रतिस्पर्धा गरेको र बिजेता बनेको एभरेष्ट माविका  प्राचार्य कृष्ण न्यौपानेले जानकारी दिए । निकिता उत्कृष्ट बन्नु एभरेष्ट माविकालागि मात्र नभएर बुटवल क्षेत्रसङ्गै देशकै लागि गौरवको बिषय भएको प्राचार्य न्यौपानेको भनाइ छ ।  

    निकिता लगनशील, मेहनती र चित्रकलामा धेरै नै रुची राख्ने विद्यार्थी भएको एभरेष्टका सहायक प्राचार्य भिमसेन गौतम बताउँछन् । 

    निकिता बुटवल योगिकुटीकी स्थानीय बासिन्दा हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।