धुर्ब लामिछाने, सियारी । यो समय कृषकहरुका लागि 'मानो रोप्ने र मुरी उब्जाउने समय' हो। असारमा धान रोपेर कार्तिकमा काट्ने किसानका लागि यो समय भनेको कामको चटारोको समय मानिन्छ। अहिले खेतमा हरियै धान देख्न पाइन्छ। सबै किसानलाई खेतमा धान गोड्ने किसानको चटारो छ । तर रुपन्देहीको सियारी गाउँपालिका क्षेत्रका किसानलाई भने यो समय निकै ठूलो चिन्ताको बिषय बनेको छ।
सियारीका प्रत्येक टोलमा राति अनि दिउँसोको समयमा छाडा पशु चौपायाले कृषकका धान बाली खाएर नष्ट गरेको छ। १५ दिन पहिलेदेखि नै सियारीका कृषकहरुलाई छाडा पशु चौपायाले भोक-निद्रा हराउने बनाएको छ। राति होस् या दिउँसो गाउँका चोक-चोक र खेत-खेतमा छाडा चौपायाहरु रहेका छन् । कृषकहरुले जति भगाए पनि गाईगोरुहरुले धान खाए पछि कृषकको मेहनत खेर जाने देखिएको छ ।
धेरैको संख्यामा छोडिएको गाई, गोरुले हँसियाले नै काटे झैं गरि धान खान थालेपछि यस यस क्षेत्रका किसानहरू ठूलो मर्कामा परेको बताउँदै आएका छन् ।
सियारीका एक स्थानीय किसानका अनुसार शनिबार रातिको करिब दुई बजे १२ जनाकाे सङख्या आएका मानिसहरूले गाई, गोरुलाई खेतमै छोडेर फरार भएका थिए । सियारी गाउँपालिका अमुवा बजार एरियाभित्रको खेतिपतिमा त दिनहुँ गाई, गोरुले धान बाली सत्यानास गरिएको देख्न सकिन्छ। अझ अहिले त झन् प्रत्येक दिन छाडा चौपायाको संख्या पनि बढ्दै गएको देख्न सकिन्छ।
त्यस्तै सडकमै चौपयाहरु जुध्ने, बिक्रीका लागि राखिएको फलफुल र तरकारी खाईदिने समस्याले अमुवाका ब्यपारीहरु समेत पीडीत भएका छन्। प्रत्येक हप्ता अमुवामा लाग्ने हाट बजार समेत गाई, गोरुको थलो बन्दै आएकोपछि आफुहरू आजित बनेको व्यवसायीहरू बताउँछन् ।
छाडा पशु चौपायाको कारण चिन्तामा परेका कृषकहरूले यस बारेमा सियारी गाउँपालिकाले कुनै चाँडो नदेखाएको गुनासो गरेका छन्। वडा नं - ७ वडा कार्यालय तथा गाउँपालिकाले यस विषयमा केही नगरेको भन्दै स्थानीय कृषकहरु रुष्ट बन्दै गएका छन्।
छाडा पशु चौपायाको उचित व्यवस्थापन गरिने भन्दै आएता पनि यस क्षेत्रमा भने सो काम व्यवहारमा नदेखिएको स्थानीय हरुको गुनासो रहेको छ। यसरी नै दिनहुँ खेतीमा गाईगोरुको बास हुने हो भने यो वर्ष यस क्षेत्रमा धानबाली नै उत्पादनमा ठूलो क्षती हुने देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology