Logo

२०८३, कार्तिक २५गते


images
images

आन्तरिक पर्यटकहरुकाे गन्तव्य बन्दै बैठौलियाकाे 'मिनि फेवाताल' 

आन्तरिक पर्यटकहरुकाे गन्तव्य बन्दै बैठौलियाकाे 'मिनि फेवाताल' 

images
  • सेतोमसी सहकर्मी
  • आन्तरिक पर्यटकहरुकाे गन्तव्य बन्दै बैठौलियाकाे 'मिनि फेवाताल' 
    images

    कृष्ण अन्जान, रुपन्देही । लुम्बिनी प्रदेश भन्ने बित्तिकै त्यसै पनि गौतम बुद्धकाे शान्तिभुमी, बाईसे चौविसे राज्यको किल्ला जितगढि, धार्मिक पर्यटकिय क्षेत्र रुरुधाम, स्वर्गद्वारी, अनेकौँ धार्मिक साँस्कृतिक, ऐतिहासिक पर्टकिय स्थलहरुका दृष्य आँखा अगाडि झल्झल्ति नाच्छन् ।

    images
    images
    images

    वास्तवमै लुम्बिनी प्रदेशका धार्मिक साँस्कृतिक र ऐतिहासिक महत्त्वका स्थलहरुले याे क्षेत्रकाे पर्यटन प्रबर्द्धनमा ठुलाे याेगदान हुन सक्छ ।

    images
    images
    images

    यिनै पर्यटकिय गन्तव्यको विचमा बुटवल उपमहानगर पालिका १६ मा रहेकाे पाेखराकाे फेवातालकाे झल्काे दिने मिनि फेवाताल यतिबेला पर्यटकहरुकाे गन्तव्य बनेकाे छ । तामनगरबाट मदैया चाेक हुँदै साँस्कृतिक महत्त्व राख्ने नरनापुरसँग जाेडिएकाे बैठौलियास्थित यो ताल आन्तरिक पर्यटकहरुकाे आकर्षणकाे केन्द्र बनेकाे छ । 1660101301090.jpg

    images
    images

    सिमसार क्षेत्रकाे रुपमा रहेकाे याे ताल कुनेै बेला कमलकाे फूलले ढपक्कै ढाक्ने गरेकाे स्थानीय शंकर पाेख्रेल सम्झिन्छन् ।

    यहि सिमसार क्षेत्रकाे याे ताललाई संरक्षण गरेपछि स्वच्छ, सफा र स्निग्धतामामा याे ताल मनमाेहक बनेकाे छ ।

    उत्तर तिर चुरे पहाडका श्रृङखलाहरु देख्न पाईने र दक्षिणतिर समथल तराईकाे नजाराले साँच्चै याे तालले पर्यटकहरुलाई आकर्षण गर्न थालेकाे छ  ।

    "यो तालले पाेखराकाे फेवातालकै साैन्दर्यताकाे प्यास मेटाउने हुँदा मिनि फेवाताल भनिएकाे स्थानीय शंकर पाेख्रेलकाे भनाई छ ।
    मुख्यतया बुटवल, भैरहवा, पाल्पा? अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी र दाङ तिरका पर्यटकहरु यहाँ घुम्न र पिककिनमा मनाउन यहाँ आउँने गर्दछन ।" याे तालकाे मनमाेहकतासँग रमाउन यहाँ आउने गरेकाे बुटवल १६ सेमलारका अनिल काफ्लेले भने ।

    तालमा आन्तरिक पर्यटकहरु रमाउन सकुन् भनेर 'बाेटिँग'काे व्यवस्था पनि मिलाईएकाे छ भने पिकनिक 'स्पट'का लागि भौतिक सुविधा समेतकाे व्यवस्थापन गरिएकाे छ ।

    साविक सेमलार गाउँ विकास समितिले विगतमा सँरक्षण गर्दै आएकाे याे मिनि फेवातालकाे सँरक्षणमा बुटवल उपमहानगर पालिका यतिबेला लागिपरेको छ ।
    ताल संरक्षणका लागि सरकारका तर्फबाट आवस्यक बजेट बिनियाेजन भएकाे र याे ताललाई लुम्बिनी प्रदेशका अन्य धार्मिक, साँस्कृतिक र ऐतिहासिक पर्यटकीय सर्किटसँग जाेडने गरि काम भईरहेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।