Logo

२०८३, आश्विन ११गते


images
images

लुम्बिनी प्रदेश : १ बर्षमा २०२ किमी सडक कालोपत्रे र ४० वटा पक्की पुल निर्माण

लुम्बिनी प्रदेश : १ बर्षमा २०२ किमी सडक कालोपत्रे र ४० वटा पक्की पुल निर्माण

images
  • लुम्बिनी प्रदेश : १ बर्षमा २०२ किमी सडक कालोपत्रे र ४० वटा पक्की पुल निर्माण
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारले गत एक बर्षको अवधिमा २०२ किलोमिटर सडक कालोपत्रे गरेको छ भने २७५ किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ । प्रदेश योजना आयोगले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि एक बर्षको अवधिमा प्रदेश सरकारले गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले वजेट ढिला आएपनि प्रदेश सरकारले गत आर्थिक बर्ष २०७८/०७९ मा ७७ प्रतिशत वजेट खर्च गर्न सफल भएको जानकारी गराए ।
     
    आर्थिक बर्ष २०७८ र ०७९ मा प्रदेश सरकारले ४० वटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल निर्माण गर्नुका साथै १२१ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको उपाध्यक्ष क्षेत्रीले बताए ।

    images
    images
    images

    त्यस्तै प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको पूर्वि पाल्पाको रामपुर देखि रोल्पाको जिनवाङ सडकको ८० प्रतिशत काम सम्पन्न भएको बताउदै उनले लुम्बिनी प्रदेश बैंक सञ्चालनका लागि प्रक्रिया धेरै अगाडि बढेको जानकारी दिए ।

    images
    images
    images

    भौतिक पुर्वाधार तर्फनै ११७ कभर्डहल निर्माण,२० किलोमिटर सडक ढलान गरेको प्रदेश योजना आयोगले जनाएको छ ।

    शिक्षा तर्फ लुम्बिनी प्राविधिक विश्व विद्यालय स्थापना गरि उपकुलपतिको नियुक्ति गरेको उपाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

    त्यस्तै १७५ जना द्वन्द्व पिडितलाई तालिम दिई रोजगारमुलक बनाएको र ८३ जना द्वन्द्व पिडितको उपचार गरेको योजना आयोगले जनाएको छ ।

    प्रहरी प्रदेश मातहत आइनसके पनि प्रदेश सरकारले प्रहरीका ११ वटा भवन निर्माण प्रक्रियामा रहेको जानकारी गराउदै उपाध्यक्ष क्षेत्रीले प्रहरीलाई १६ थान मोटरसाइकल हस्तान्तरण गर्नुका साथै प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र बुटवलमा सिसिटिभि जडान गरेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।