नेपालगंज । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले अवधी भाषाको प्रबर्द्धनको लागि प्रतिष्ठान स्थापना गर्न आयोगले नेपाल सरकारमा सिफारिस गर्ने बताएका छन् । लुम्बिनी प्रदेशको नेपालगंजमा आयोजना गरिएको ५२५ औं तुलसी जयन्ती तथा तृतीय अन्तरदेशीय अवधी महोत्सवको प्रमुख अतिथिको रुपमा सहभागी भएका अध्यक्ष डा. दत्तले आयोगलाई भाषा, कला र संस्कृतिको सम्बर्धन, संरक्षण तथा सशक्तिकरण गर्ने आयोगको दायित्व रहेको र सो दायित्वलाई निर्वाह गर्दै अवधी भाषालाई प्रबर्धन गर्न आयोगले कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।
अध्यक्ष डा.दत्तले लुम्बिनी प्रदेशका स्थानीय पालिकाहरुले अवधी भाषालाई यथाशिघ्र कामकाजको भाषा बनाउन, पाठ्यक्रममा अवधी भाषालाई समेट्न ढिला गरेको र अब छिटै कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए । सो क्रममा अवधी भाषालाई प्रबर्धन गर्न आयोगले आयोगका सदस्य तथा लुम्बिनी प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा विशेष रणनीति बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् |
महोत्सवले ७ बुंदे घोषणा पत्र जारी गर्दै मधेशी आयोग मार्फत नेपाल सरकारलाई कार्यान्वयन गर्न अनुरोध समेत गरेको छ । महोत्सवमा नेपाल भारतका करिब १५० जना अवधी भाषाको अगुवाहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology