Logo

२०८३, आश्विन ११गते


images
images

शौचालयबाट धुँवा निस्किएपछि ७९ यात्रु बोकेर काठमाडौं उढेको  जहाज नेपालगन्ज फर्कियो

शौचालयबाट धुँवा निस्किएपछि ७९ यात्रु बोकेर काठमाडौं उढेको  जहाज नेपालगन्ज फर्कियो

images
  • शौचालयबाट धुँवा निस्किएपछि ७९ यात्रु बोकेर काठमाडौं उढेको  जहाज नेपालगन्ज फर्कियो
    images
    images

    काठमाडौं । शौचालयबाट धुवाँ निस्किएपछि ७९ यात्रु बोकेर काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाज पुनः नेपालगन्ज नै फर्किएको छ । 

    images
    images
    images

    नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार, विहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगन्ज विमानस्थलमा फर्काएका थिए ।

    images
    images
    images


    ‘पाइलटले ल्याबोटरीमा धुवाँ निस्किएको संकेत देखिएपछि ५ माइल (करिब ९ किलोमिटर ) बाटै जहाज फर्काए,’ विमानस्थल प्रमुख खनालले भने, ‘जहाज अवतरण भइसकेपछि हामीले पनि धुवाँ निस्किएको देख्यौं । इन्जिन बन्द गरेपछि धुवाँ पनि रोकियो ।’

    images
    images
    images


    उनका अनुसार उक्त विमानका सबै यात्रुलाई विमानस्थलमा राखिएको छ । श्रीले अर्को विमान पठाउने वा नपठाउनेबारे नेपालगन्ज विमानस्थललाई कुनै जानकारी गराइनसकेको खनालले बताए । श्रीसँग बमबार्डियर ४ र सीआरजे ४ गरी ८ वटा जहाज छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्री एयरलायन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।