Logo

२०८३, आश्विन ११गते


images
images

सप्तकोसीको बाँध फुटेपछि बराह क्षेत्रका ५ सय परिवार श्रीलङ्का टापुमा फसे

सप्तकोसीको बाँध फुटेपछि बराह क्षेत्रका ५ सय परिवार श्रीलङ्का टापुमा फसे

images
  • सप्तकोसीको बाँध फुटेपछि बराह क्षेत्रका ५ सय परिवार श्रीलङ्का टापुमा फसे
    images
    images

    उदयपुर । उदयपुरको बेलका नगरपालिका ८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराह क्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् । 

    images
    images
    images

    कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराह क्षेत्र ६ र ९ का पाँच सय घरपरिवारका झन्डै दुई हजार पाँच सय जना फसेका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरू श्रीलङ्का टापुमा फसेको उनले बताएका छन् । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरू आउन नमानेकाे र फसेकाहरू सुरक्षित रहेकाे बताएको सुनसरीका प्रजिअ यादवले बताए ।

    images
    images
    images

    यसैबीच कटान गरिएको क्षेत्रमा १ नम्बर प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्कीसहितले निरीक्षण गरेका छन् । मन्त्री कार्कीसहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारीलगायतको विषयमा निरीक्षण तथा अनुगमन गरेको प्रजिअ यादवले जानकारी दिए । अहिले केहीबेरमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको बताउँदै उनले बैठक पीडितलाई तत्काल उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरणलगायतका विषयमा केन्द्रित हुने जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।