काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यवृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३० रुपैयाँले वृद्धि भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।
बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology