Logo

२०८३, मंसिर ११गते


images
images

बस्तीबाट हटाइएका सुकुम्वासीको बासस्थान टुंगो लाग्न नसक्नु बिडम्वनापूर्ण: डा. बाबुराम भट्टराई

बस्तीबाट हटाइएका सुकुम्वासीको बासस्थान टुंगो लाग्न नसक्नु बिडम्वनापूर्ण: डा. बाबुराम भट्टराई

images
  • बस्तीबाट हटाइएका सुकुम्वासीको बासस्थान टुंगो लाग्न नसक्नु बिडम्वनापूर्ण: डा. बाबुराम भट्टराई
    images

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीबाट हटाइएका वास्तविक सुकुम्बासीको दिगो बसोबासको व्यवस्था हुन नसक्नु बिडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    उनले महिनौँ बितिसक्दा पनि उनीहरूको स्थायी बसोबासको टुंगो लाग्न नसक्नु दुःखद भएको बताउदै सुकुम्बासी समस्यालाई आर्थिक, सामाजिक र मानवीय समस्याका रूपमा बुझेर समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images

    उनका अनुसार अल्पविकसित देशमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र धराशायी भएपछि वैकल्पिक रोजगारीको खोजीमा सहर पस्ने श्रमिकहरू नै मुख्य रूपमा आवासविहीन बन्ने गरेका छन्। उनीहरूले सहरको सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा र ढुवानीलगायत क्षेत्रमा अत्यावश्यक श्रम प्रदान गर्दै अर्थतन्त्रमा योगदान पुर्‍याउने गरेको उनले उल्लेख गरेका छन् ।

    images

    भट्टराईले सुकुम्बासी समस्यालाई फोहोर उठाएर फ्याँकेजस्तो व्यवहार गरेर समाधान गर्न नसकिने बताएका छन् । यो सहरको विकास र सहरीकरणसँगै उत्पन्न हुने ऐतिहासिक प्रक्रिया भएको उनको भनाइ छ ।

    उनले गरिब तथा आवासविहीन नागरिकलाई सहरभित्रै सम्मानजनक आवासको व्यवस्था गरेर समस्या दिगो रूपमा समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । संविधान र समावेशी लोकतन्त्रको मर्म पनि त्यही रहेको भट्टराईले बताएका छन् ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. बाबुराम भट्टराई
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।