Logo

२०८३, मंसिर ११गते


images
images

भारतलाई हराउँदै श्रीलंका ए एसिया कप राइजिङ स्टार्सको फाइनलमा

भारतलाई हराउँदै श्रीलंका ए एसिया कप राइजिङ स्टार्सको फाइनलमा

images
  • भारतलाई हराउँदै श्रीलंका ए एसिया कप राइजिङ स्टार्सको फाइनलमा
    images

    काठमाडौं । श्रीलंका ए ले भारत ए लाई ८ विकेटले पराजित गर्दै एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

    images
    images
    images

    सेमिफाइनलमा भारत ए ले दिएको ३१८ रनको लक्ष्य श्रीलंका एले ४१.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

    images
    images

    श्रीलंकाको जितमा लसिथ क्रुसपुले ११६ र सिनेथ जयवर्धनेले १०५ रनको शतकीय पारी खेलेका थिए । निशान मधुस्काले अविजित ५८ तथा कप्तान पवन रत्नायकेले अविजित ३१ रन बनाए। पहिलो विकेटका लागि क्रुसपुले र जयवर्धनेले १७४ रनको साझेदारी गरेका थिए ।

    images

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत एले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो । भारतका अभिषेक शर्माले ७८, शहबाज अहमदले अविजित ५४ तथा कप्तान तिलक वर्माले ५३ रन बनाए । वैभव सूर्यवंशीले ४० रनको योगदान दिएका थिए ।

    श्रीलंकाका बलर रविन्दु फर्नान्डो, जनिथ लियानागे र निपुन धनञ्जयले दुई-दुई विकेट लिए ।

    भारतको हारमा कमजोर बलिङ मुख्य कारण बन्यो । हर्षित राणाले ७ ओभरमा ६१ रन खर्चेर एक विकेट मात्र लिए । श्रीलंका ए ले अब फाइनलमा पाकिस्तान ए र बंगलादेश ए बीचको दोस्रो सेमिफाइनल विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल आज हुदैछ ।  

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।