Logo

२०८३, मंसिर ११गते


images
images

नयाँ ऊर्जा मिश्रण नीतिमार्फत विद्युत् खरिद सम्झौता खुलाउने तयारी

नयाँ ऊर्जा मिश्रण नीतिमार्फत विद्युत् खरिद सम्झौता खुलाउने तयारी

images
  • नयाँ ऊर्जा मिश्रण नीतिमार्फत विद्युत् खरिद सम्झौता खुलाउने तयारी
    images

    काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो ।

    images
    images
    images

    नयाँ ऊर्जा मिश्रण तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः खुल्ने अपेक्षा गरिएको छ । हाल नदी प्रवाही र अर्धजलाशययुक्त आयोजनाको पीपीए प्रक्रिया प्रभावित छ ।

    images
    images

    नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३ मेगावाट र ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६ मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ । तर थप २८१ आयोजना गरी कुल १६ हजार ४२५ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् ।

    images

    हाल नेपालको कुल विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट छ । उत्पादनको ठूलो हिस्सा नदी प्रवाही आयोजनाबाट हुने भएकाले वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने समस्या छ । नयाँ नीतिमा जलाशययुक्त, पम्प स्टोरेज, सौर्य र वायु ऊर्जालाई समेत प्राथमिकता दिँदै उत्पादनको स्रोत विविधीकरण गर्ने तयारी छ ।

    नयाँ ऊर्जा मिश्रणले पीपीए प्रक्रिया खुलाउनुका साथै रोकिएका आयोजनामा लगानी र निर्माण अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै विद्युत् आपूर्तिमा मौसमी सन्तुलन कायम गर्न, आन्तरिक खपत बढाउन र भारत तथा बंगलादेशमा विद्युत् निर्यात विस्तार गर्न पनि यसले आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्युत् उत्पादन
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।