Logo

२०८३, मंसिर ११गते


images
images

विराटनगर जुट मिल सञ्चालन गर्न रणनीतिक लगानीकर्ता खोजी, आशयपत्र आह्वान

विराटनगर जुट मिल सञ्चालन गर्न रणनीतिक लगानीकर्ता खोजी, आशयपत्र आह्वान

images
  • विराटनगर जुट मिल सञ्चालन गर्न रणनीतिक लगानीकर्ता खोजी, आशयपत्र आह्वान
    images

    काठमाडौं । लामो समयदेखि बन्द रहेको देशको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउन निर्णायक पहल सुरु भएको छ ।

    images
    images
    images

    मिललाई आधुनिक स्वरूपमा सञ्चालन गर्ने उद्देश्यले विराटनगर जुट मिल लिमिटेडले रणनीतिक लगानीकर्ताका लागि आशयपत्र आह्वान गरेको छ ।

    images
    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सार्वजनिक–निजी साझेदारी मोडलमार्फत मिल सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको हो । मंसिर ९ गते जारी सूचनाअनुसार इच्छुक स्वदेशी तथा विदेशी लगानीकर्ताले ३५ दिनभित्र आशयपत्र पेस गर्नुपर्नेछ । योजना अनुसार मिल पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने र पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखिएको छ ।

    images

    विराटनगर र दमकमा रहेको मिलको ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा उपलब्ध गराइनेछ । साथै, नयाँ लगानीकर्तालाई मिलका पुराना ऋण तथा वित्तीय, प्रशासनिक र श्रमसम्बन्धी दायित्वको भार नपर्ने व्यवस्था गरिएको छ ।

    लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजाने सुविधा तथा सुरुवाती वर्षमा लिज भाडामा सहुलियत पाउनेछन् ।

    सन् १९३६ अर्थात् वि.सं. १९९३ मा स्थापना भएको विराटनगर जुट मिल राजनीतिक अस्थिरता र व्यवस्थापकीय कमजोरीका कारण पटक–पटक बन्द हुँदै आएको थियो ।

    आशयपत्र पेस गर्ने म्याद सकिएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्रमा हस्ताक्षर गर्ने र सञ्चालन प्रक्रिया अघि बढाउने योजना रहेको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विराटनगर जुट मिल
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।