Logo

२०८३, मंसिर ९गते


images
images

समाचार

विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍यो

विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍यो

images
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍यो
    images

    काठमाडौं । नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा आएको हो ।

    images
    images
    images

    सरकारले चालु आर्थिक वर्षमा विद्युत् चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । प्रधानमन्त्री कार्यालयले उक्त लक्ष्य पूरा गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । निर्धारित लक्ष्यभन्दा पनि कम चुहावट भएपछि सरकारले विद्युत् चुहावट नियन्त्रणमा प्रगति गरेको देखिएको छ ।

    images
    images

    प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा विद्युत् व्यवस्थापनका कारण चुहावट हुने गरेको छ। पछिल्लो समय प्राविधिक समस्या देखिनेबित्तिकै तत्काल समाधान गर्ने प्रणाली विकास गरिएकाले पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको छ ।

    images

    विद्युत् सञ्जालको स्तरोन्नति, समयमै मर्मतसम्भार र प्राविधिक पक्षमा सुधारलाई तीव्रता दिँदै चुहावट नियन्त्रणको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

    अन्तर्राष्ट्रिय तथ्यांकअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३.८ प्रतिशत रहेको छ । 

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्युत् चुहावट
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।