Logo

२०८३, मंसिर १०गते


images
images

नागरिक लगानी कोषको क्षमता अभिवृद्धि र पुँजी संरचनामा सुधार गर्न विधेयक ल्यायौं: अर्थमन्त्री वाग्ले

नागरिक लगानी कोषको क्षमता अभिवृद्धि र पुँजी संरचनामा सुधार गर्न विधेयक ल्यायौं: अर्थमन्त्री वाग्ले

images
  • नागरिक लगानी कोषको क्षमता अभिवृद्धि र पुँजी संरचनामा सुधार गर्न विधेयक ल्यायौं: अर्थमन्त्री वाग्ले
    images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको क्षमता अभिवृद्धि र पुँजी संरचनामा सुधार गर्न ऐन संशोधन विधेयक ल्याइएको बताएका छन् ।

    images
    images
    images

    बुधबार, अर्थ समितिको बैठकमा उनले नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउँदै कोषको पुँजी ८ अर्बबाट १० अर्ब रुपैयाँ पुर्‍याउने र चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको जानकारी दिए ।

    images
    images

    विधेयकमा निजी इक्विटी, भेन्चर क्यापिटल, पूर्वाधार, उत्पादनमूलक तथा आवास क्षेत्रमा लगानी विस्तार गर्ने प्रस्तावसमेत समेटिएको छ ।

    images

    त्यस्तै, कोषको कार्यक्षेत्र विस्तार, सञ्चालक समितिको पुनर्संरचना, वित्तीय उपकरणको विविधीकरण र लेखा प्रणालीको आधुनिकीकरण गर्ने व्यवस्था गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

    उनका अनुसार संशोधनपछि कोषको संस्थागत तथा वित्तीय क्षमता बढ्नुका साथै राष्ट्रिय प्राथमिकताका पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्न सहज हुनेछ ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।