Logo

२०८३, मंसिर ९गते


images
images

प्रविधि

मस्कका कम्पनि स्पेसएक्स र टेस्ला गाभिने तयारीमा

मस्कका कम्पनि स्पेसएक्स र टेस्ला गाभिने तयारीमा

images
  • मस्कका कम्पनि स्पेसएक्स र टेस्ला गाभिने तयारीमा
    images

    काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कका दुई कम्पनी स्पेसएक्स र टेस्लाबीच गाभिने विषयमा छलफल भइरहेको छ । फाइनान्सियल टाइम्सको समाचारअनुसार दुवै कम्पनीबीच करिब ३२ खर्ब अमेरिकी डलर मूल्यको कारोबार हुन सक्नेछ। यो सम्झौता भएमा इतिहासकै ठूलो कम्पनी गाभिने प्रक्रिया बन्नेछ ।

    images
    images
    images

    सम्झौताबारे छलफल गर्न दुवै कम्पनीले पाँच जना सञ्चालक र तीन ठूला लगानी बैंकसहित विशेष समिति गठन गरेका छन् । मोर्गन स्टान्ली र गोल्डम्यान स्याक्सले स्पेसएक्सलाई तथा एभरकोरले टेस्लालाई वित्तीय परामर्श दिइरहेका छन् । प्रस्तावित सम्झौता नगदको सट्टा सेयर आदानप्रदानमा आधारित हुने र डिसेम्बरमा घोषणा हुन सक्ने समाचारमा उल्लेख छ ।

    images
    images

    हाल स्पेसएक्सको बजार मूल्य करिब १७ खर्ब डलर र टेस्लाको १५ खर्ब डलर रहेको छ । दुवै कम्पनी गाभिएमा बन्ने नयाँ कम्पनीको मूल्य ३२ खर्ब डलर पुग्ने अनुमान छ । यसले नयाँ कम्पनीलाई विश्वका पाँच ठूला मूल्यवान् कम्पनीको सूचीमा पुर्‍याउन सक्छ ।

    images

    मस्कले सन् २०२६ को सुरुवातमै दुवै कम्पनी गाभ्ने प्रस्ताव अघि सारेका थिए । स्वार्थको द्वन्द्व हुन नदिन आफू छलफल प्रक्रियाबाट अलग रहेको उनले बताएका छन् । लगानी बैंक जेपी मोर्गनका अनुसार टेस्लासँग गाभिएपछि स्पेसएक्सलाई अमेरिकी प्रमुख सेयर बजार सूचक एसएन्डपी ५०० मा समावेश हुन सहज हुन सक्छ । तर, सम्झौता र यसको मूल्यबारे दुवै कम्पनीबाट अन्तिम निर्णय सार्वजनिक भइसकेको छैन ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।