Logo

२०८३, मंसिर ९गते


images
images

कोलम्बियाको सुपरमार्केटमा २० जनालाई बन्धक बनाइयो

कोलम्बियाको सुपरमार्केटमा २० जनालाई बन्धक बनाइयो

images
  • कोलम्बियाको सुपरमार्केटमा २० जनालाई बन्धक बनाइयो
    images

    काठमाडौँ । कोलम्बियाको कार्टाजेना सहरमा हतियारधारी समूहले सुपरमार्केटमा प्रवेश गरी २० जनालाई बन्धक बनाएको छ । 

    images
    images
    images

    मंगलबार बिहान करिब ८ बजे नगद रकम बोकेको सुरक्षा गाडी लुट्ने प्रयास असफल भएपछि उनीहरूले सुपरमार्केटमा पसेर मानिसहरूलाई नियन्त्रणमा लिएका थिए ।

    images
    images

    सुरक्षा क्यामेरामा निगरानी गरिरहेका कर्मचारीले सङ्केत बटन थिचेर प्रहरीलाई खबर गरेपछि प्रहरी र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । उनीहरूलाई देखेपछि आक्रमणकारी सुपरमार्केटभित्र पसेर मानिसहरूलाई बन्धक बनाएका थिए ।

    images

    समाचारअनुसार उनीहरूले २० लाख अमेरिकी डलर, दुईवटा सुरक्षा गाडी र सुरक्षित बाटो उपलब्ध गराउन माग गरेका थिए । उनीहरू कार्टाजेनाबाट करिब १३० किलोमिटर टाढा रहेको बारान्कियामा जान चाहन्थे ।

    राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले सुरुमा ३० जना बन्धक बनाइएको बताएका थिए । तीमध्ये पाँच वृद्ध महिलासहित १० जनालाई मुक्त गरिएको छ । बाँकी बन्धकलाई छुटाउन प्रहरी, सेना र विशेष सुरक्षा टोली परिचालन गरिएको छ ।

    घटनापछि प्रहरीले सुपरमार्केट र आसपासको क्षेत्र घेरा हालेको छ । उद्धार अभियानका कारण राफेल नुनेज विमानस्थलमा ४५ मिनेटसम्म विमान अवतरणसमेत रोकिएको थियो । सुपरमार्केट सञ्चालन गर्ने कम्पनीले बन्धकहरूको जीवन र सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोलम्बिया
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।