Logo

२०८३, मंसिर ८गते


images
images

अन्तर्राष्ट्रिय

हिजाब नलगाई परफरमेन्स गरेकी इरानी गायिका अहमदीलाई ७४ कोर्रा हानियो

हिजाब नलगाई परफरमेन्स गरेकी इरानी गायिका अहमदीलाई ७४ कोर्रा हानियो

images
  • हिजाब नलगाई परफरमेन्स गरेकी इरानी गायिका अहमदीलाई ७४ कोर्रा हानियो
    images

    काठमाडौं। इरानकी चर्चित गायिका परस्तु अहमदी र उनको सांगीतिक समूहका चार सदस्यलाई युट्युबमा सार्वजनिक गरिएको सांगीतिक प्रस्तुतिका कारण ७४ कोर्रा हानिएको छ । स्थानीय सञ्चारमाध्यमले उनका वकिललाई उद्धृत गर्दै सोमबार सजाय कार्यान्वयन गरिएको जनाएका छन् ।

    images
    images
    images

    २९ वर्षीया अहमदीले सन् २०२४ डिसेम्बरमा दर्शकविहीन मञ्चमा गीत गाएर त्यसको भिडियो युट्युबमा सार्वजनिक गरेकी थिइन् । भिडियो लाखौँले हेरेका थिए । इरानमा महिलालाई सार्वजनिक रूपमा गीत गाउन प्रतिबन्ध छ भने हिजाब लगाउन र मर्यादित पहिरन अपनाउनुपर्ने नियम छ ।

    images
    images

    उक्त प्रस्तुतिलाई लिएर अहमदीसहित उनका संगीतकर्मी र समूहका सदस्यलाई सार्वजनिक मर्यादा उल्लङ्घन तथा अश्लील सामग्री निर्माण र प्रसारणमा संलग्न भएको आरोप लगाइएको थियो। उनीहरूलाई गत जुनमा ७४ कोर्राको सजाय सुनाइएको थियो ।

    images

    एम्नेस्टी इन्टरनेसनलले यसअघि नै सजायको विरोध गर्दै कार्यान्वयन नगर्न इरानी सरकारसँग आग्रह गरेको थियो । सन् २०२२ मा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा महिलाले हिजाबसम्बन्धी नियमको विरोध गर्दै सार्वजनिक रूपमा हिजाब नलगाउने क्रम बढेको छ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।