Logo

२०८३, आश्विन ११गते


images
images

काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

images
  • काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा
    images
    images

    काठमाडौं । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले संचारकर्मीलाई बताएका छन्  । उनका अनुसार एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको बोहोराले बताए ।

    images
    images
    images

    उनीहरुले त्यहाँ बसेर साइबर अपराध गरेको आशंका छ । अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको बोहोराले बताए ।

    images
    images
    images

    आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो । ७ पुस २०७६ मा पनि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

    उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र चीनका प्रहरीको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त अपरेशन भनिने गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।