Logo

२०८३, आश्विन १२गते


images
images

महिला विकास मन्त्रीद्वारा कर्मचारीलाई शिवलिङ्गमा जल चढाएर फोटो पठाउन आदेश

महिला विकास मन्त्रीद्वारा कर्मचारीलाई शिवलिङ्गमा जल चढाएर फोटो पठाउन आदेश

images
  • महिला विकास मन्त्रीद्वारा कर्मचारीलाई शिवलिङ्गमा जल चढाएर फोटो पठाउन आदेश
    images
    images

    एजेन्सी । भारतको उत्तराखण्डकी महिला सशक्तिकरण तथा बाल विकास मन्त्री रेखा आर्य हिजोआज उनको अनौठो आदेश र बयानका कारण चर्चामा छिन् । पछिल्लो घटनामा उनले आफ्नो मन्त्रालयका सबै कर्मचारी, अधिकारीहरूलाई शिवलिङ्गमा जल चढाउन आदेश दिएकी छन् । 

    images
    images
    images

    यस आदेशप्रति विपक्षी कंग्रेसले आलोचना गरेको छ भने कैयौं कर्मचारी असहज बनेका छन् । यसअघि आर्यको मन्त्रालयले बरेलीस्थित उनको निजी निवासमा हुने धार्मिक कार्यक्रममा सहभागी हुन अधिकारीलाई निर्देशन दिँदा विवाद उत्पन्न भएको थियो । विरोधमा प्रतिक्रिया दिने क्रममा मन्त्रीले आफूले कसैको कन्चटमा बन्दुक राखेर आउन नभनेको बताएकी थिइन् ।

    images
    images
    images

    रेखा आर्यको भनाइप्रति त्यसबेला कांग्रेस प्रवक्ता गरिमा मेहरा दसोनीले ‘मन्त्री भएर गुण्डाहरूको भाषा प्रयोग गरेको’ भनेर विरोध जनाएकी थिइन् । शिवलिङ्गमा जल चढाएको फोटोहरू पठाउनु पर्ने महिला सशक्तिकरण तथा बाल विकास मन्त्री रेखा आर्यले जुलाई २० मा आयोजित पत्रकार सम्मेलनमा लैङ्गिक असमानताविरुद्ध हरिद्वारको पैडीबाट कन्वर यात्रा निकाल्ने घोषणा गरेकी थिइन् । हाल चर्चामा रहेको आदेश उनले सोही दिन दिएकी थिइन् ।

    images
    images
    images

    आदेशमा भनिएको छ,‘संकल्प पूरा गर्न जुलाई २६ मा महिला तथा बाल विकास विभागका सबै जिल्लाका अधिकारी÷कर्मचारी, आंगनवाडी, मिनी आङ्गनवाडी कार्यकर्ता, सहयोगीले आफ्नो नजिकैको शिवालयमा गएर जलाभिषेक गरी यस पवित्र संकल्प । यस अभियानलाई अगाडि बढाउने, विभागीय इमेल आइडीसहित सबै जिल्ला अधिकारीको व्हाट्सएपमा कार्यक्रमसँग सम्बन्धित फोटो पठाएर विभागको संकल्प पूरा गर्नुपर्नेछ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।