काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ ।
आज सुनको मूल्य तोलाको २८ सयले घटेर तोलाको दुई लाख ४२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३०६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३११० रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology