Logo

२०८३, मंसिर ७गते


images
images

मोरङको अवैध बालगृहबाट १४ बालबालिकाको उद्धार

मोरङको अवैध बालगृहबाट १४ बालबालिकाको उद्धार

images
  • मोरङको अवैध बालगृहबाट १४ बालबालिकाको उद्धार
    images

    मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ ।

    images
    images
    images

    संयुक्त अनुगमन टोलीले बालगृहबाट पाँच जना बालक र नौ जना बालिका गरी १४ जनाको उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षणमा राखिएको छ भने उनीहरूको आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

    images
    images

    प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बालकल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बालगृहको स्थलगत अनुगमन गरी उद्धार गरेको हो ।

    images

    बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको अनुगमनपछि घटनाको थप व्यवस्थापन प्रक्रिया सुरु गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

     

     

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।