बुटवल । नेपाल बुद्धिजीवी संगठन रुपन्देहीको भेला शनिबारको सम्पन्न भएको छ । भैरहवा बहुमुखी क्याम्पसमा सम्पन्न भएको भेलाले डा. कृष्णप्रसाद शर्माको संयोजकत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
जसकोको सह-संयोजकमा प्रदिप कुमार पाण्डे, सदस्यहरु क्रमशः मदन कुमार पुन, कुमारी लक्ष्मी शर्मा, हिमलाल भुर्तेल, लेखनाथ खनाल, शैलेन्द्र कुमार त्रिपाठी, कौशलराज गौतम, पार्वती अधिकारी, कृष्णबहादुर क्षेत्री, मधु ढकाल, लक्ष्मी नेपाल, मकबुल अहमद, ओम शाहनी लगायत रहेका छन् ।
समितिको सल्लाहकारमा अनिल कुमार झाको नेतृत्वमा डा. शारदा पौडेल, मुकुन्दराज पोख्रेल, मेघराज आचार्य, दुर्गादत्त शर्मा, गणेश पाण्डे रहेका छन् ।
भेला नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जिसी 'निर्मल' प्रमुख आतिथ्यतामा तथा वरिष्ठ अधिवक्ता लिलाधर मरासिनी, बुद्धिजीवी संगठनका लुम्बिनी प्रदेश इन्चार्ज, उप प्राध्यापक तथा भैरहवा बहुमुखी क्याम्पसका प्रमुख अनिल कुमार झाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसिले बुद्धिजीवीले देशको मार्ग चित्र कोर्न विगतमा अहम भुमिका खेलेको उल्लेख गर्दै अहिले परिवर्तनका उपलब्धि जोगाउन भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology