गुल्मी । आज साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस । पुष्पलालका योगदानलाई स्मरण र चीर स्थायी बनाउन विभिन्न कार्यक्रम गरी ४४औं स्मृति दिवस मनाईएको छ ।
यसैक्रममा नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ वडा कमिटीले रिडीबजारमा रहेकाे ऐतिहासिक देवदत्तपार्कमा सरसफाई कार्यक्रम गरेकाे छ ।
स्थानीय बुद्धिजीवी, महिला तथा युवाहरुकाे उपस्थितिमा सरसफाइ कार्यक्रम गरिएकाे पार्टीका वडा सचिव चिरन्जिवि ज्ञवालीले जानकारी दिए ।
एमाले रुरुक्षेत्र १ वडा कमिटीका अध्यक्ष नवराज विककाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका विभिन्न तहमा रहेका स्थानीय नेताहरूले पुष्पलालकाे याेगदानकाे चर्चा गरेका थिए ।
कार्यक्रममा दक्षिणी काेरियामा रहेका दिनेश कँडेलबाट देवदत्त पार्ककाे सँरक्षण र विकासका लागि पचास हजार सहयाेग उपलब्ध गराउने वचनवद्दता समेत प्राप्त भएकाे छ ।
पुष्पलालको जन्म १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा भएको थियो भने २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा निधन भएको थियो ।
.
पुष्पलालले सन् १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तास्थित श्यामबजारमा आफ्ना सहकर्मीहरू निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठलाई साथमा लिएर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology