Logo

२०८३, मंसिर ३गते


images
images

चर्चित भारतीय वेब सिरिज ‘पञ्चायत' को पाँचौँ सिजन डिसेम्बर ३ देखि प्रसारण हुने

चर्चित भारतीय वेब सिरिज ‘पञ्चायत' को पाँचौँ सिजन डिसेम्बर ३ देखि प्रसारण हुने

images
  • चर्चित भारतीय वेब सिरिज ‘पञ्चायत' को पाँचौँ सिजन डिसेम्बर ३ देखि प्रसारण हुने
    images

    काठमाडौँ । भारतीय चर्चित वेब सिरिज ‘पञ्चायत’को पाँचौँ सिजन आगामी डिसेम्बर ३ देखि प्रसारण हुने भएको छ । अमेजन प्राइम भिडियोले बुधबार नयाँ सिजनको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

    images
    images
    images

    नयाँ सिजनमा दर्शकले फेरि उत्तर प्रदेशको काल्पनिक गाउँ फुलेरा र सचिवजीको कथालाई हेर्न पाउनेछन् । गाउँको राजनीति, बदलिँदो सम्बन्ध र हास्यपूर्ण घटनाक्रम नयाँ सिजनको मुख्य आकर्षण हुनेछन्। यसपटक नयाँ प्रधान मंजूदेवी र सचिवबीचको सम्बन्ध तथा प्रधानपति भूषणको भूमिका पनि कथाको केन्द्रमा रहनेछ ।

    images
    images
    images

    सिरिजमा जितेन्द्र कुमार, रघुबीर यादव, नीना गुप्ता, सुनीता राजवर, फैजल मलिक, चन्दन राय, दुर्गेश कुमार र अशोक पाठक लगायतका कलाकारले अभिनय गरेका छन् । यसको निर्देशन दीपक कुमार मिश्राले गरेका हुन् ।

    images
    images

    सन् २०२० मा पहिलो सिजनबाट सुरु भएको ‘पञ्चायत’को दोस्रो सिजन सन् २०२२, तेस्रो सिजन सन् २०२४ र चौथो सिजन सन् २०२५ को जुनमा सार्वजनिक भएको थियो । पाँचौँ सिजनसँगै ‘पञ्चायत’ पाँच सिजन पूरा गर्ने भारतका दुई वेब सिरिजमध्ये एक बन्नेछ । यसअघि ‘गुल्लक’ले पाँच सिजन पूरा गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वेब सिरिज ‘पञ्चायत’
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।