Logo

२०८३, मंसिर २गते


images
images

अन्तर्राष्ट्रिय

हुआङलाई पुनः जिम्मेवारीमा फर्काउने दबाब जारी, एनभिडिया अनिच्छुक

हुआङलाई पुनः जिम्मेवारीमा फर्काउने दबाब जारी, एनभिडिया अनिच्छुक

images
  • हुआङलाई पुनः जिम्मेवारीमा फर्काउने दबाब जारी, एनभिडिया अनिच्छुक
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित प्रविधि क्षेत्रका चर्चित व्यक्तिहरूले एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङलाई पुनः जिम्मेवारी दिन समर्थन जनाएका छन् । तर कम्पनीको सञ्चालक समितिले उनलाई पुनर्बहाली गर्ने विषयमा चासो नदेखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    विवाहेतर सम्बन्धका विषय सार्वजनिक भएपछि हुआङले गत साता पदबाट राजीनामा दिएका थिए । उनीसँग सम्बन्धित एक महिलामाथि चिनियाँ गुप्तचर भएको आशङ्का पनि गरिएको छ । त्यसपछि उनलाई पुनः जिम्मेवारी दिन माग गर्दै सुरु गरिएको अभियानमा १ लाख ७५ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।   

    images
    images
    images

    अमेरिकी राष्ट्रपति ट्रम्प, स्पेसएक्सका प्रमुख एलन मस्क र एपिक गेम्सका प्रमुख टिम स्वीनीले हुआङको पुनरागमनलाई समर्थन गरेका छन् । ट्रम्पले पनि उनलाई पुनः जिम्मेवारी दिइए आफूलाई आपत्ति नहुने बताएका छन् । तर अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने एनभिडियाले नयाँ प्रमुख कम्पनीबाहिरबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन् ।

    images
    images

    यसैबीच, अमेरिकी सरकारले चीनमा कृत्रिम बौद्धिकतासम्बन्धी अत्याधुनिक उपकरणको पहुँच सीमित गर्न चिप निर्यातमा थप कडाइ गर्ने घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया र ब्राजिलका कम्पनीले अत्याधुनिक चिप निर्यातका लागि अमेरिकी अनुमति लिनुपर्नेछ ।

    हुआङले राजीनामा दिएपछि अहिले प्रमुख फाइनान्स अफिसर रहेकी कोलेट क्रेसले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको भूमिका निभाइरहेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हुआङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।