Logo

२०८३, मंसिर २गते


images
images

नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन

नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन

images
  • नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन
    images

    काठमाडौँ । हलिउड अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । अमेजनले प्याटिन्सनलाई चर्चित जासुसी पात्र जेम्स बन्ड अर्थात् ‘००७’ को भूमिकामा चयन गरिएको घोषणा गरेको हो ।

    images
    images
    images

    नयाँ जेम्स बन्डका रूपमा प्याटिन्सनलाई प्रस्तुत गरिएको भिडियोमा उनी कालो सुट लगाएर हातमा बन्दुक बोकेको अवस्थामा देखिएका छन् । भिडियोको अन्त्यमा ‘जेम्स बन्ड पुनः फर्किनेछन्’ भन्ने सन्देश राखिएको छ ।

    images
    images
    images

    प्याटिन्सनले जेम्स बन्डजस्तो चर्चित पात्रको भूमिका पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताएका छन् । उनले यो भूमिका आफ्नो सपना पूरा भएजस्तै रहेको उल्लेख गर्दै निर्देशक डेनिस भिलेनुभ, निर्माता एमी पास्कल, डेभिड हेम्यानलगायत अमेजनका सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका छन् ।

    images
    images

    नयाँ चलचित्रका निर्देशक डेनिस भिलेनुभले प्याटिन्सनलाई नयाँ जेम्स बन्डका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनका अनुसार प्याटिन्सनमा जेम्स बन्डको परम्परागत व्यक्तित्वसँगै नयाँपन पनि छ । निर्माता एमी पास्कल र डेभिड हेम्यानले पनि प्याटिन्सनको अभिनय क्षमता, निर्भीकता र आफूलाई निरन्तर नयाँ रूपमा प्रस्तुत गर्ने खुबीले उनलाई उपयुक्त पात्र बनाएको बताएका छन् ।

    जेम्स बन्डको भूमिकामा प्याटिन्सन सातौँ अभिनेता हुनेछन् । यसअघि ड्यानियल क्रेगले जेम्स बन्डको भूमिका निर्वाह गरेका थिए । उनले आगामी चलचित्रमा पुनः अभिनय नगर्ने घोषणा गरेपछि नयाँ बन्डको खोजी सुरु भएको थियो । नयाँ कलाकार चयनको चर्चा करिब पाँच वर्षदेखि चल्दै आएको थियो ।

    प्याटिन्सन ‘ट्वाइलाइट’ चलचित्र शृङ्खलामा एडवर्ड कलेनको भूमिका निर्वाह गरेपछि चर्चामा आएका थिए । उनले ‘ह्यारी पोटर एन्ड द गोब्लेट अफ फायर’मा सेड्रिक डिगोरीको भूमिका पनि खेलेका थिए । पछिल्लो समय ‘द ब्याटम्यान’लगायत चलचित्रमा अभिनय गरेर उनले आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

    यसअघि जेम्स बन्डको भूमिकाका लागि ज्याक लोडेन, क्यालम टर्नर र जोस ओ’कनरलगायत कलाकारको नाम चर्चामा थियो । तर निर्माताहरूले विश्वव्यापी दर्शकमाझ परिचित र ठूला चलचित्र शृङ्खला सफलतापूर्वक अघि बढाएको अनुभव भएका प्याटिन्सनलाई छनोट गरेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।