Logo

२०८३, मंसिर २गते


images
images

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ता केन्द्र खोल्ने

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ता केन्द्र खोल्ने

images
  • पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ता केन्द्र खोल्ने
    images

    काठमाडौं । युरोपेली सङ्घका पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई फिर्ता पठाउने उद्देश्यले रुवान्डामा आप्रवासी फिर्ता केन्द्र खोल्ने भएका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रिस र नेदरल्यान्ड्सले सन् २०२७ देखि सञ्चालनमा ल्याउने गरी यस्तो केन्द्र स्थापना गर्न सहमति गरेका हुन् ।

    images
    images
    images

    यस योजनाअन्तर्गत ती पाँच देशमा बस्नका लागि कानुनी सबै विकल्प समाप्त भएका र देश निकाला गर्नुपर्ने अवस्थामा रहेका आप्रवासीलाई रुवान्डा पठाइनेछ । पहिलो चरणमा पुरुष आप्रवासीलाई मात्र पठाउने र करिब १०० जनालाई राख्ने तयारी गरिएको छ। पाँचवटै देशले प्रारम्भिक चरणमा करिब २०–२० जना पठाउन सक्नेछन् ।

    images
    images
    images

    रुवान्डा पुगेका आप्रवासीले त्यहाँको समाजमा घुलमिल भएर बस्न वा आफ्नै देश फर्कन सक्नेछन् । रुवान्डामा बस्न चाहनेले आवासीय अधिकारसँगै शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र कानुनी सुविधासमेत पाउनेछन् । रुवान्डाका आन्तरिक मामिलामन्त्री भिन्सेन्ट बिरुताले आप्रवासीका लागि सुरक्षित र सम्मानजनक व्यवस्था गर्न युरोपेली साझेदारसँग सहकार्य गर्ने बताएका छन् ।

    images
    images

    तर, मानव अधिकारवादी संस्थाहरूले यस योजनाप्रति चिन्ता व्यक्त गरेका छन् । ह्युमन राइट्स वाचले रुवान्डामा मनपरी पक्राउ, हिरासतमा दुर्व्यवहार र राजनीतिक दमनको समस्या रहेको भन्दै आप्रवासीको अधिकार जोखिममा पर्न सक्ने चेतावनी दिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि यस योजनाको आलोचना गर्दै यसमा न भविष्य देखिएको छ, न मानवीयता भनेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युराेपेली संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।