Logo

२०८३, कार्तिक ३०गते


images
images

पाकिस्तानलाई हराउँदै भारतले जित्यो नवौँ पटक यू–१९ एसिया कपको उपाधि

पाकिस्तानलाई हराउँदै भारतले जित्यो नवौँ पटक यू–१९ एसिया कपको उपाधि

images
  • पाकिस्तानलाई हराउँदै भारतले जित्यो नवौँ पटक यू–१९ एसिया कपको उपाधि
    images

    काठमाडौं । भारतले पाकिस्तानलाई एक विकेटले पराजित गर्दै यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

    images
    images
    images

    शनिबार भएको फाइनलमा पाकिस्तानले दिएको ३३८ रनको लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो । यससँगै भारतले नवौँ पटक प्रतियोगिताको उपाधि जितेको छ । 

    images
    images
    images

    पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो । पाकिस्तानका उस्मान खानले १११ बलमा १०७ रनको शतकीय पारी खेले भने अब्दुल कादिरले ५४ बलमा ८० र कप्तान फरहान युसुफले ६० बलमा ६३ रन बनाए। भारतका काव्या पटेलले चार तथा चिगुरुपति वेङ्कटाले तीन विकेट लिए । 

    images
    images

    ३३८ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान लक्ष्य राजेश रायचन्दानीले ८० र आर्यवीर सहवागले ५८ रन बनाए । त्यसपछि मध्यक्रमका ब्याटरहरू लगातार आउट हुँदा भारत दबाबमा परेको थियो । मनल चौहानले ३२ बलमा ४७ रन बनाएर टोलीको जितको आशा कायम राखे ।

    भारतका लागि मोहित उल्वाले अविजित ४९ रनको उत्कृष्ट पारी खेले । उनले २६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। अन्तिम विकेटका लागि चिगुरुपति वेङ्कटासँग ३० रनको साझेदारी गरेका मोहितले अन्तिम बलमा चौका प्रहार गर्दै भारतलाई रोमाञ्चक जित दिलाए । वेङ्कटा ११ रनमा अविजित रहे। 

    यस जितसँगै भारतले पाकिस्तानसँग समूह चरणमा बेहोरेको हारको बदला पनि लिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।